पिएनजीसँग युएई पराजित, युएईको विश्वकप छनौट खेल्ने संभावना सकियो

पिएनजीसँग युएई पराजित, युएईको विश्वकप छनौट खेल्ने संभावना सकियो

  • शुक्रबार, फाल्गुन २६, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

काठमाडौं, फागुन २६ गते । आईसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी) ले संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा पीएनजीले युएईलाई ५६ रनले हरायो । यो पराजयले युएईको विश्वकप छनौट खेल्ने संभावना समाप्त भएको छ ।

जितका लागि पीएनजीले दिएको दुई सय ४७ रनको लक्ष्य पछ्याएको युएईले ४२.२ ओभरमा अलआउट हुँदै १ सय ९० रन मात्र बनाउन सक्यो । युएईका लागि आर्यन लाक्राले ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।

कप्तान मोहमद वासिमले ४१, चुन्दनगापोइल रिजवान र जावत फरिदले समान १९-१९, कार्तिक मैयापनले १४, आशिफ खान र रोहन मुस्ताफाले समान ११-११ रन बनाए । बलिङमा पीएनजीका रिले हेकुरेले तीन विकेट लिए । काबुरा मोरेया र आसाद भाला दुई दुई विकेट लिए । नोर्मान भानुवा र सेमो कामेराले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित ५० ओभरमा र्नौ विकेटको क्षतिमा दुई सय ४६ रन बनाएको थियो। पिएनजीका लागि सेसे बाउले अविजित ८१ रन बनाए ।

ओपनर हिरि हिरले ७७ रन बनाए भने किप्लीन डोरिगाले ५५ रन बनाए । बलिङमा युर्एइका आयान खानले तीन विकेट लिए भने जुनेद सिद्धिकी र जाहोर खानले दुई दुई तथा कार्तिक मैयापन र रोहन मुस्ताफाले एक एक विकेट लिए । सात देश सहभागी यस लिगमा युएई ३३ खेलबाट ३१ अङ्क जोड्दै छैटौं स्थानमा छ । पीएनजी ३४ खेलबाट ११ अङ्कसहित तालिकाको अन्तिममा छ ।

नेपाल ३३ खेलबाट ३४ अङ्क जोड्दै पाँचौं स्थनमा छ । पिएनजीसँग युएईको हारले नेपाललाई थप फाइदा पुगेको छ । नेपालले लिगमा अब बाँकी तीन खेल जितेमा विश्वकपमा स्थान बनाउनेछ ।

नेपालले दोस्रो खेल फागुन २८ गते यूएई, तेस्रो खेल फागुन २९ मा पीएनजी र अन्तिम खेल चैत २ गते यूएईसँग खेल्नेछ । यो सिरिज लिग–२ को अन्तिम खेल पनि हो ।

सात टोली सहभागी लिगमा सबै खेल सकेको स्कटल्यान्ड सिरिज च्याम्पियन बन्दै शीर्षस्थानमा छ । यस्तै सबै खेल सकेको ओमान ४४ अङ्कसहित दोस्रो, ३९ अङ्क बनाएको नामिबिया तेस्रो र ३५ अङ्क बनाएको अमेरिका चौथो स्थानमा छ ।

लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने तीन टोलीले एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ