काठमाडौँ फागुण २६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले म जस्तो जान्ने कोही छैन, म ज्ञानी छु जस्तो ठान्नेहरु अहंकारी भएको र उनीहरुले गरीखान नसक्ने र विनाश हुने बताएका छन् ।
पार्टी कन्द्रीय कार्यालय च्यासलमा आयोजित खेलकुद महासंघको नवनिर्वाचित कमिटीको शपथग्रहणपछि सम्बोधन गर्दै उनले अहंकार दिमागमा पस्यो भने त्यसले अन्य कुरालाई रोक्ने बताए ।
त्यो मानिसको विनास हुन्छ जसले अहंकार बोक्छ, अहंकारले दिमागमा अन्य कुरा पस्नै दिँदैन । आफू बस्छ ढोका लगाएर चुकुल लगाउँछ । केही चिज पस्नै दिँदैन आफू मात्रै बस्छ । अंहकार यस्तो गरी बढ्दै जान्छ कि त्यसले कोठा नै फुटाउला जस्तो गर्छ,ु उनले भने, त्यसैले मस्तिष्कमा अहंकार पस्न दिनु हुँदैन ।
“म विद्वान छु भनेर ठान्दछ भने त्यसले सक्दैन । म जान्दछु म जस्तो कोही छैन भन्यो भने बिग्रन्छ” ओलीले भने ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline