फागुण २६ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दर्ता मुद्दाको सुनुवाइ सकिएको छ।
प्रचण्डविरुद्ध दायर रिट निवेदनको आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ भएको थियो । निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपाने लगायत कानुन व्यवसायीले बहस गरेका थिए।
अब उक्त मुद्दाबारे सर्वोच्च अदालतको आदेश आउन बाँकी छ। सर्वोच्च प्रशासनले दरपीठ गरेको उक्त रिट दर्ता गर्न पनि न्यायाधीश खतिवडा लगायतकै संयुक्त इजलासले आदेश दिएको थियो।
प्रचण्डविरुद्ध द्वन्द्वपीडित ज्ञानेन्द्रराज आरन र चिरञ्जीवीवास गिरीसहितले छुट्टाछुट्टै रिट दिएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline