प्रचण्डलाई फौजदारी अभियोगको रहर गर्ने देशी विदेशी प्रतिकृयावादी तत्वलाई ऐक्यबद्ध भएर परास्त गर्नु  पर्छ

प्रचण्डलाई फौजदारी अभियोगको रहर गर्ने देशी विदेशी प्रतिकृयावादी तत्वलाई ऐक्यबद्ध भएर परास्त गर्नु  पर्छ

  • शुक्रबार, फाल्गुन २६, २०७९
  • —शिव अधिकारी

  • 8.6K
    SHARES

मान्छेहरु साधारण अवस्थामा यो धर्तीमा आउँछन तर केही मानिस भने असाधारण प्रकृति सहितको क्षेमता लिएर जन्मेका हुन्छन । त्यस्ता धेरै महापुरुषको कथा बनेका छन । साच्चै आधुनिक समजलाई व्यवस्थित गर्ने सिद्धान्तका प्रतिपादक कार्लमाक्स पनि जन्मे । त्यस बखत उनि जन्मेकै समयमा लाखौँ मान्छे जन्मेका हुनुपर्छ । तर कार्ल मक्र्सको क्षमता उनिहरुमा पाईएन । त्यस्तै लेनिन, स्टालिन, माओ, जस्ता महारथी पनि जन्मे । उनिहरुले आफ्नो जीवनको सार्थक अभ्यास समाजको लागि र देशको लागि गरेका हुन । त्यस्तै नेपालकै कुरा गर्दा व्यवस्था परिवर्तनको क्रमिक सूत्राधार बनेर महापुरुषहरु जन्मे । रामेछापका मात्रै कृष्णलाल, गंगालाल, पुस्पलाल पनि जन्मे । जन्म अवस्था उस्तै खालको हुँदा हुँदै किन अरु चर्चामा आएनन भन्ने सोच्न थाले अनौठो पक्ष खडा हुन पुग्छ । त्यस्तै धर्मभक्त, दशरथ चन्द, शुक्रराजको जीवन लिला समेत प्रतिकृयाबादीले समप्त गरकेको हाईन? यस्तो किन भयो भनेर खोजि गर्दा आफै भित्र विद्रोहको आगो बल्न थाल्छ ।
अहिले परिवर्तनका सूत्राधार पुस्पकमल दाहाल पोखरामा जन्मेका हुन । आफ्नो बौद्धिक क्षमता तिक्ष्ण हुँदा हुँदै उनि अध्ययन सकिएपछि सरकारी सेवामा लागेनन । जागिर खानु परिवारको संरक्षण गर्नु मात्र सोच उनमा रहेन । समाज परिवर्तनको क्रान्तिकारी बाटोमा लागे र पछिल्लो समयमा उनि प्रचण्ड नामले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका शोषित उत्पिडित जनताको आशाको केन्द्र बनेर चर्चित भएका छन । अहिले उनि प्रति इष्र्या गरेर उनलाई सिध्याउन षढयन्त्रका तानाबाना बुन्नेले के त उनले गरेको त्याग र वलिदानको पृष्ठभूमि बुझेका छन् ? तिनीहरु त केवल प्रचण्डलाई सिध्ययर आफू प्रतिकृयावादीको काखमा सुत्न आतुर भएका मात्र हुन । यसैले उनिहरुले प्रचण्डलाई फौजदारी अभियोगको मुद्धा उठाउन पुगेका छन । त्यत्त्रो जनयुद्धको नेतृत्व गरेर देशको साशन व्यवस्था बदलेको पौरखी प्रचण्ड यिनीहरुको लागि अपराधी प्रचण्ड भैदिनु पर्ने भएको छ । के यो जनताको लागि सह्य हुन सक्छ त ?
सरकारमा माग राखेर त्यो माग पुरा नभए युद्धमा जान्छौ भन्ने आँट गर्न सक्ने अर्को कुनै ताकत थियो ? सरकारले माग राख्नेहरुलाई बोलाएर मागको सम्बोधन गरेको भए अहिले १७ हजार मारिएको भनिएका सपूतहरुको ज्यान जाने त थिएन नी । प्रचण्ड इमान्दार हुन र आफुले जन सैनिक कमण्डको नेतृत्व गरेकाले जिम्मेवारी लिए । सधै सत्रहजार मा¥यो भन्नेहरुलाई हानाहान युद्धमा माओवादीको तर्फबाट पाँचहजार जति मारिय होलान । म त्यसको भने जिम्मेवार छु भनेर २०७६ साल माघ १ गते माघी कार्यक्रममा सम्बोन गर्दा यो कुरा उनले उठाएका हुन । अहिले यसैलाई आधार बनाएर प्रचण्डलाई फौजदारी अभियोग लगाउने हो?र ? बास्तवमा यो सबै हत्याको जिम्मेवार तत्कालिन अवस्थाको सरकार हो । के सरकारमा बस्नेले विद्रोहीको टाउको काटेर ल्याए पचासौँ लाख दिन्छु भन्न मिल्थ्यो ? यस बिषयमा सरकारमा बसेकाहरुलाई ज्यानमार्ने उद्योगमा रिट हाल्नु पर्छ कि पर्दैन ? कृणसेन इच्छुक बेपत्ता पारेर मार्ने, रितवहादुर खड्का मार्ने, सुरेश वाग्ले मार्ने, यस्ता अनेकौ योद्धाहरुलाई हत्या गर्नेले अब सफाई पाएकै हुन्त ? सत्य निरुपन आयोगले यिनीहरुलाई माफि दिएकै होला ? यो प्रश्न अहिले क्रान्तिकारीहरुमा चर्चाको बिषय बनिरहेको छ ।
यतिमात्र नभएर म जस्ता साधारण जागिरमा जीवन निर्वाह गरेर परिवार चलाईरहेकालाई समेत नछाड्ने गरि यिनीहरुले जनतालाई आतंकित गर्ने अभियान चलायका थिए । जुन कुरा २०५२ साल फागुन १ गते जनयुद्ध शुरुभएकै महिनाको २९ गते अनाम नगरको डेरा घेराउ हालेर राती मलाई नै अपहरण गरेका थिए । तत्कालिन अवस्थामा म कृषि विकास बैंक भक्तपुर शाखाको प्रवन्धकलाई समेत सताउन दुई दिन प्रहरी तालिम केन्द्रकोे बंकरमा राखेका थिए । के अनधिकृत अपहरण र गिरफ्तारीको क्षतिपुर्ति मुद्धाको रिट पनि यो समूहले सोचेको होला त? तत्कालिन अवस्थामा मजस्तै कैँयौँलाई यसरी दुःख दिएको कुराको छिनोफानो गरेर क्षतिपूर्ति दिलाउन पनि अदालतले पहल गरिदेला त ?
यसैले प्रचण्ड कुनै व्यक्ति होईन उनि त संघीय लोकतान्त्रिक गणतन्त्रको नेतृत्व गरिरहेको संस्था हो । यसै कारण अहिले छरिएर रहेका माओवादी शक्ति एकठाउमा उभिएर षढयन्त्रकारिहरुको उछितो काडिरहेका छन । हो प्रचण्डलाई फोजदारी अभियोग लगाउन मुद्धा दायर भएको सुनियो । एउटा परिवर्तनकारी शक्तिको नेतृत्व गरिरहेको नेता माथि धावा बोल्नु भनेको देश जनता र व्यवस्था माथिको गद्दारी नै हो ? यसरी सधै यो मुलुकलाई अस्थिर बनाएर आफू मालामाल हुने देशी विदेशी दलाल, फटाहा, प्रतिकृयावादी, साम्राज्यवादी, विस्तारवादी तत्वहरु प्रति माओवादीहरुमात्र होईन सबै नेपाली जनता एकजुट भएर आक्रामक जबाफ दिनु जरुरी भएको छ । अहिले प्रचण्डले जनयुद्ध दिवस मात्र होईन पृथ्वी जयन्ति समेत मनाउन शुरु गरे । जनयुद्धका सहिदलाई समेत राष्ट्रिय सहिद घोषणा गरे, अहिले देशलाई सम्बृद्ध बनाउने नमूना गाउँसंग सम्वन्धित कार्यक्रम संचालन गर्ने तयारीमा छन । देशभर जडिबुटी अनुसन्धान गरेर यहाको संञ्जिवनि मानिएको ओषधी विश्व बजारमा पठाएर देशलाई सम्बृद्ध बनाउन प्रचण्ड आतुर छन । देशको गुमेको भूभागलाई एकत्रित गर्ने दर्विलो सोचका साथ काम अगाडी बढिरहेको छ । यसरी प्रचण्डले देशलाई सम्बृद्ध बनाउँदै विश्वकै अध्ययन केन्द्र बनाउन शुरुगरेको अभियानलाई साथ दिन सबै एकाकार भएर कृयाशील हुदै षढयन्त्रकारीको उछितो काड्नु जरुरी भैसकेको छ ।
होलान यो विचारसंग विमती राख्ने धेरै तर उनिहरुले बुझ्नु पर्ने कुरा के भने प्रचण्ड आफ्नै त्याग र बलिदानी संघर्षले असाधारण बनेका हुन् । उनि अहिले संघीय लोकतान्त्रिक गणतन्त्रका सूत्राधार संस्था हुन । उलाइ कुनै व्यक्तिको रुपमा लिएर जिस्क्याउनेहरुको दुर्दशा निश्चित नै छ । यो कुरामा ख्याल राख्नु र सही तरिकाले अगाडी बड्न कसैको उक्साहटमा लागेका दुस्प्रबृद्धिलाई त्यसो नगर्न समेत यो राम्रो सल्लाह हुन्छ भन्ने लागेको छ ।

यहा अर्को प्रबृतिको चरित्र लिएर ओली पनि चर्चामा छन । यहाँ ओली र प्रचण्डको चरित्रगत आधार निकै अनौठो छ । प्रचण्ड फेरी ओली जस्तासंग पनि मिल्न पुगे । हो यो पनि देश र जनताको रक्षा र संपन्नताको आशयमानै हुनुपर्छ । तर त्यो ओलीबाट संभब भएन । ओली आफैँ ठट्टाको संसारमा रमाउन खोजे । हो ओलीजी आफ्नो प्रशंसा खुब मन पराउँछन, कोमल ओलीले गीत गाउँदै यो जीत ओलीलाई आज होइन भोलीलाई जस्ता प्रसंशामा मख्ख परे नाचे पनि ओली , तर मैले उनलाई सबै कम्यूनिष्ट एक भएर अगाडी बढ्न सामूहिक निर्णय मन्ने र एक्लै मनपरि शैलीमा विदेशीको सहारामा नबोल्ने सल्लाह सहितको लेखबाट उनलाई सुधार्न खोजेकै हो.। तर उनि सुध्रने भन्दा षढयन्त्रकारी बनेर देशलाई नै धरापमा पार्न उध्येत भए । भारतीय र का प्रमुख सामन्त गोयल, र भारतीय पत्रकार सुधिर चौधरीको काखमा बसेर देशको हुर्मत लिन उनि पछि परेनन .। यतिमात्र नभएर ओलीले भारतीय सेना प्रमुख मुकुन्द नरमानेलाई बोलाएर महरथीको संम्मान दिनु कतिको सान्दर्भिक काम थियो । . कालापानीमा नेपालीलाई चिनीयाले उचालेको भनेर हुर्मत लिन खोज्ने र कालापानी नै कब्जागर्न उद्यत नरमानेलाई महारथीको संम्मान गरेको कुरा नेपालीको मुटुमा विजेकै छ । सायद उनलाइ यो कुराको ख्याल पटक्कै छैन ।.
लेखक भएको नाताले सरकार चलाउने ठाउँमा पुगेका नेताले राम्रोकाम गरेर देशको विकासको लागि कार्यक्रम संचालन गरुन भन्ने मात्र सोच हो .। यसमा कुनै कसैले कसैको पक्ष लिएको ठान्छ भनेर आरोप खेप्नु पर्छ भने त्यो आरोप लगाउनेको मानसिक कमजोरी हो भन्ने ठान्नु स्वाभाविक हुन्छ । हुपनि ओली स्वयं मानसिक कमजोरीको कारण नै यस्तो उद्दण्डता गरिरहेका छन । यसैले उनि, उनले नै नेतृत्व गरिरहेका पार्टीका मनगडन्ते उनलाई महन भनिरहन्छन जमातले भने पनि कुनै अचम्म हुँदैन । सधै राम्रोकाम गर्नेको लागि मैले नराम्रो कुरा गरेको छैन पनि । यद्यपी सरकारको नेतृत्व गरिरहेको देशको सर्बाधिक ठूलो भनेर दावा गर्ने एमालेले देशको लागि यति धेरै गद्दारी गर्छ भन्ने कुरा नौलो नै भयो ।
ओलीजीले पार्टी एकिरणको मञ्चन गर्दाको समयमा सहमतिमा आफू र प्रचण्डले आधा आधा समय सरकार चलाउने भन्ने लिखित समझदारीलाई लात हान्दै एकोहोरो निरंकुश बनेर पार्टीको मिटिङ् नै नराखी भारतीय र का प्रमुखलाई आधारातमा प्रधानमन्त्रि निवासमा भेटघाट गरेर मन्त्रणा लिनु निक्कै शंकास्पद कुरा थियो .। रातमा एक्लै पार्टीका प्रमुख प्रचण्ड र मन्त्रिपरिषदसंग समेत परामर्स नगरि विदेशी गुप्तचर प्रमुखसंगको भेटघाट रहस्यमय भएको कुरा आपत्ति जनक बनिरह्यो । आखिर यसैको परिणती स्वरुप नागरिकता विधेयक ल्याएर तराई क्षेत्रमा जथाभावी नागरिकता दिने गरि कार्यक्रम सबल बनाउन असंम्बैधानिक ढंगले संसद विगठन र चुनावको घोषणा गराउनु विदेशी प्रभुकै सल्लाहको परिणती हो भन्ने सबैले बुझेकै कुरा हो । यो देशको अस्मिताको लागि गम्भिर अपराध थियो । यसैको विरुद्धमा देश र जनताको संमान जनक अबस्थालाई अक्षुण राख्न तत्कालिन अबस्थामा प्रचण्डले सडकमा अर्को जनआन्दोलन जतिकै जनसागरको नेतृत्व गर्नु पर्ने बाध्यात्मक अवस्था बन्न पुगेको हो । प्रचण्डले बुद्धिमतापूर्ण जनताको नेतृत्व दिएको कारण बनेर विदेशीले ओलीकोे हात समातेर गरायको अपराधिक करतुकलाई परास्त गरि देशमा समिकरणीय संस्कृतिको वातावरण बनेको हो । ओलीले दुई पटक संसद गिठनको सिफारिसलाई तत्काल स्वीकृत गरि संसद विगठन गर्ने र निर्वाचनको मिति तोक्ने काम हुनु देशको निमित्तको अपराधिक कामलाई राष्ट्रपतिले सहयोग गरेकै हो भन्नु वाहेका अर्को हुन सक्तैन भन्ने सर्वत्र चर्चाको विषय बनिरह्यो ।
विचरा राष्ट्रपतिको गरिमामय स्तरबाट समेत यस्तो असंम्बैधानिक काम हुन्छ भन्ने कल्पनामा पनि नभएको काम हुनुलाई विचरा राष्ट्रपति ओलीको सहायक शिवाय अरु कुनै हैसियत विनाको निरिह भएको अथवा उनि पनि देशको लागि गरिएको गद्दारीको मतियार भएको कुरा चर्चामा आईरहेको थियो । यसरी सामन्त गोयललाई भेटेको आधारमा नयाँ निर्वाचनको बाटो बनाउन संसद विगठनको सिफारिस गरेको कुरा कतै छिपेको छैन । बाम घटकको बैठक नै नबसी संरकार संचालनमा प्रमुख भूमिका निर्वाह गर्ने माओवादीका अध्यक्ष समेत रहेका पुस्पकमल दहाल, त्यस्तै एमालेका महासचिव समेत रहेका आफ्नै नेता माधव नेपाललाई समेत पन्छाएर एकलौटी यस्तो गम्भिर निर्णय लिनु आपत्ति जनक कुरा थियो । यद्यपी यसरी दुइ दुइ पटक विगठन गरेको संसदलाई जनताको असहमती र अदालतमा परेको मुद्दा समेतबाट उनको सिफारिस अनुसारको संसद विगठन र निर्वाचनको घोषणा समेत गलत भएको कारण निर्वाचन गर्ने मिति तय भएको सबै घोषणा रद्द भएको हो ।
सरकारमा रहेर अरुलाई काम गर्न दिएन भन्ने र अनेकौँ विधेयक ल्याएर देशको राजनीतिक र आर्थिक संरचनालाई डामाडोल पार्ने काम गर्नुले ओली उद्दण्ड भैसकेको प्रमाणित भैसकेको थियो । फेरी उनैले आरोपित गरेको काम गर्नै दियन प्रचण्डले भनेको हो भने यतिका अपराधिक काम गर्न कस्ले दियो ? के सामन्त गोयल, नरवाने अथवा भारतीय समकक्षी मोदीले हो त ? यतिमात्र नभएर उनले चुनाव घोषणा गरेको समय भन्दा पहिला जथाभावी नागरिकता बाड्न नागरिकता विधेयक पनि ल्यायका थिए । यसरी चुनाव गरायर भारतीय दलालको इसारामा चल्ले संसद बनाउने र नेपाललाई सिक्किमी करण गर्ने करतुक प्रचण्डको तेतृत्वले देशको अस्मिता प्रतिको षयढन्त्रलाई परास्त गरेको कुरा सबै क्षेत्रबाट प्रसंशित छ । . यि अनेकौँ कारण तत्कालिन अवस्थामा ओली नै सरकारको नेतृत्व गर्न अक्षम भएको प्रमाणित भैरहेको थियो .। उनको यस प्रकारको हरकतलाई छताछुल्ल पार्ने गरि प्रचण्डकै नेतृत्वमा झण्डै यो देशको तेश्रो जनआन्दोलनलाई आकलन गर्न सकिने आन्दोलन शुरुभयो जस्को परिणाम स्वरुप ओलीले वालुवाटार छाडेर वालकोटको बास बस्नु परेको हो । यो हुनुमा ओलीले कसैलाई दोष थोपरेर उम्कने अवस्था भने छैन .
ओली सरकारमा रहँदाका थुप्रै अनौठा परिदृश्यहरु छन ।. निर्माण नै नभैसकेको धरहराको उद्घाटन पनि तामझामका साथ गरेका थिए । यसैगरी, धरापमा रहेको मेलम्चीको टनेलमा पानी हालेर उद्घाटन गर्नु समेत उनको कुत्सित मनसाय रहेको कुरा आज अझ स्पष्ट भएको छ । यतिमात्र होईन उनले रानीपोखरी निर्माण गरेँ भनेर निकै अग्लो सगरमाथाको टुप्पोमा चढेको ठानेका थिए । यद्यपी त्यो रानी पोखरी सफा गर्दा त्यहा जनताले चढाएका असंख्या वहुमूल्य मुद्राको एकटुक्राको पनि हिसाव आएन भने त्यहाका मुद्रा कहागए ? यसको जबाफ ओलीजीसंग छ । फेरी यो पोखरी बनाउने क्रममा भएको खर्चको विवरण पनि त जनताले पाएनन ।
फेरी सबै गाउँपालीकामा स्वास्थ्य चौकीको शिलान्यास काठमाण्डौमै बसेर गर्न सक्ने वहादुरी पनि उनले देखाएकै हुन । यतिमात्र ह्वैन उनले त नेपालका गाउँ गउँमा पुग्ने गरि कैँयौँ किलो मिटर बाटोको पनि शिलान्यास बालुवाटारमै बसेर गरे । . अझ उनैको करामतमा आफ्ना आसेपासेलाई सम्पन्न बनाउने क्रममा यति होल्डिङ्लाई गोकर्णको संरक्षित जंगल कौडीको मूल्यमा उपभोग गर्न दिए । त्यस्तै व्यापारी बतासलाई पशुपतिको धर्मशाला र नारायणहिटी दरवारको जमिन भाडामा दिएर होटल संचालन गर्ने बाटो बनाए । फेरी राष्ट्रिय संग्रहालय भित्र बतासलाई व्यापार गर्न दिने गरि जमिन दिन कतिको जायज काम हो ओली जी ? । यो कसरी हुन सक्यो पशुपतिमा भारतीय सहयोगमा बनेको धार्मिक यात्रुहरुलाई सहज बसाईको लागि बनाईएको धर्मशाला कसरी बतासलाई होटल खोल्न दिईयो ? यो नौलो खोजको विषय बनेको छ । अहिले त्यो भबनमा बतासले अत्याधुनिक सुविधायुक्त होटेल बनाएका छन ।
यस्तै अपराधको क्रमिक चरणमा ओम्नी भन्ने आफ्नै कार्यकर्ताको कम्पनी खोलेर कोभिड औषधी आयातमा ब्रह्मलुट गर्न पनि ओलीले भ्याएकै थिए भन्छन साधारण जनता अहिले । के ओलीजी संग यसको जवाफ छ ? यसको साथै झापामा रहेको गिरिबन्धु टि स्टेटको अरबौँ मूल्य पर्ने जग्गा हेराफेरी गर्ने स्वीकृतिको लागि तत्कालिन भूमिसुधार मन्त्रि समेतको मिलेमत्तोमा गरेको वेईमानी अझै रहस्यमय नै छ ।. सो गिरिबन्धु टि स्टेट चिया बगान संचालन गरुन्जेलको लागि दिएको र चिया उत्पादन हुन नसक्ने अवस्थामा सरकारलाई फिर्ता गर्ने अथवा स्वतः सरकारको हुने व्यवस्था थियो । यस्तै अनेकौँ काण्ड ओलिजीको दिमाग खोतल्ने खालका छन .।
ओलीले गफै गरेर भएपनि देशलाई झिलिमिलि पारेका थिए । .प्रचण्ड प्रधानमन्त्रि भएको वेलाका उर्जा मन्त्रि जनार्दन शर्माले कुलमान घिसिंङ्लाई विद्युत प्राधिकरणको प्रमुख कार्यकारी बनाएर अन्धकारमय देशलाई उज्यालो दिएकै हुन । यसरी जनार्दन शर्माले गरेको कामलाई समेत ओलीले मन परायनन् । ओलीले १८ घण्टा पु¥याएको लोड शेडिङ् एक मैनामै अन्त गरेर देशभर उज्यालो दिएको कुरा पनि उनलाई मन परेन र कुलमानलाई शत्तो सराप गर्न तम्सिएका र यो लोड शेडिङ् समाप्त गर्ने काम मैले गरेको भन्न समेत लाज मानिरहेको अबस्थामा छैनन ओली ।. यस्तै प्रधानमन्त्रि प्रचण्डकै प्रयाशबाट विआर आई संझौता गरि नेपाललाई उत्तर दक्षिणको पुल व्यापार केन्द्र बनाउने काम भएको सबैले बुझेकै कुरा हो । तर यो कामलाई समेत आफैले गरेको भनेर अहिले चिनसंग साखुल्ले भएका ओलीको वहुरुपी करामत भने कसैबाट छिपेको छैन ।
नेतृत्वले मैले राम्रो गरेको छु भनेर चिच्याई रहनु पर्ने विषय हुनु हुँदैन भन्ने सास्वत मान्यतालाई विर्सेर अफै सार्वाधिक ठूलो भन्नु ओलीको मूर्खता वाहेक के नै हुन्छ र ? यसैले ओली सरकारमा बसेको बेला पनि मैले सबै काम गरेको भन्थे भने अहिले पनि त्यस्तै प्रलाप गरिरहेका छन । यस्तै फेरी पनि देशको ठूलो पार्टीको हैसियत देखाउदै कुर्लिरहने हो भने अहिले त ठिकै छ विस्तारै पार्टीको पार्टीका अन्धभक्त कार्यकर्ताको हविगत नाजुक हुँदा कस्ले जिम्मालिने हो ? यो प्रश्न सधैको लागि जागा बनिरहेकोे अवस्था छ ।
ओलीको जीवनकाल भरिको चरित्रगत उपस्थिति अनौठा र वेईमानीपूर्ण नै छ । चारुमुजुम्दाले भारतको नक्सालबाडीमा चलाएको सर्वहारा विद्रोहको नाममा झापाका जमिन्दार माथिको आक्रमण भनेर ओलीले हत्या गरेका मान्छेका परिवार अहिले पनि उनलाई चुनौती दिने अवसर खोजीरहेका छन । वर्गशत्रु विनासको वहाना बाजी गर्दै चलाएको यो विद्रोहमा २०२९ साल पुस १० गते तत्कालिन राष्ट्रिय पञ्चायतका सदस्य धर्मप्रसाद ढकाललाई उनकै हातिकिल्ला शनिश्चरेमा घरमै साँझ खाना खाईरहेको अवस्थामा पछाडीबाट घाँटी काटेर हत्यागरी उनको रगत पञ्चाम्मृत हो भन्दै पिएको घटना कल्पना समेत गर्न गारो पर्छ । धर्मप्रसाद झापाका उद्योग पति र जमिन्दार पनि थिए । यो घटनामा उनका माहिला छोरा ज्ञानेन्द्रलाई पनि मारिएको थियो । के यो उनको करामत राम्रो थियो त ? यसैगरी झापा विद्रोहका क्रममा २०२८ साल जेठ ३ गते कर्ण वहादुर गौतमको हत्या भएको थियो । यो हत्याकाण्डमा राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी, भोगेन राजवंसीलाई समेत २०३० साल फागुन १३ गते अदालतले सर्वस्वसहित जन्म कैदको सजाय सुनाएको थियो । यसैले झापा विद्रोहको पहिलो शिकार भने कर्ण गौतम बन्नपुगेका हुन ।
यो हत्याको अनुसन्धानको क्रममा खड्ग प्रसाद ओली (के.पि. ओली अहिले पूर्वप्रधानमन्त्रि, हुन) मनकुमार अमरबहादुर कार्की, अमर अधिकारी, भोगेन राजवंशी, छविलाल राजवंशी, मनकाुमार गौतम , राधाकृष्ण मैनाली, भुसा धिमाल, दधिराम उप्रेती, लाखबहादुर तामाङ, फतराज सतार, लिलादेवि कट्टेल, श्यामदास रेग्मी, तारावहादुर कालाखेती र रत्न वहादुर कार्की का साथै मुख्य योजनाकार मोहनचन्द्र अधिकारी विरुद्ध अदालतले कैद र जरिवानाको फैसला सुनाएको थियो । यसरी कति जेल जिवन विताउन वाध्य भए भने केही सुखानी काण्डमा सहिद हुन पुगेका थिए ।

भारतको पश्चिम वंगाल राज्यको नक्सालवाडीबाट शुरु भएको सर्वहारा वर्गको विद्रोहको प्रभावमा शुरु भएको झापा आन्दोलनको गीतले पनि सामन्तको विनास गर्ने नै भनिरहेको छ । सामन्तको विनास काटेर हुन्छ त ? यो प्रश्नको उत्तर भने झापा विद्रोहका नेताहरुलाई समेत गारो हुने बिषय हो । गित थियो “सामन्तलाई नगिड,े सैनिकसंग नभिडे, आउँदैन जनवाद झोली थापेर” । यो गीत गाउँदै लुकि छिपी मान्छेमार्नेकाम झापा विद्रोहीले गरेकै हुन । यसरी यो विद्रोहमा अगूवाई गर्ने केही इमान्दार नेताहरुलाई भने २१ फागून २०२९ सालमा जेल सार्ने वहानामा झापा इलामको सीमानामा पर्ने सुखानीको जंगलमा लगेर हत्या गरियो । यसरी हत्या गरिएका नेत्र घिमिरे, रामनाथ दाहाल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुईकेल हुन । यसै गरि अन्य कति ठाउँमा सरकारले विद्रोहीलाई मारेको छ भन्ने कुरा भन्ने कुरा खोजको बिषय वनिरहेको छ ।

झापा विद्रोह व्यक्ति हत्याबाट शुरु भएको थियो । यद्यपी यो कुनै राज्य विरुद्धको लडाई थिएन । झापामा जे जति व्यक्ति सामन्तको नाममा मारिए त्यसरी सामन्त बनाउने दरवार र त्यसका नाईकेहरुलाई त्यो हत्याले केही फरक पारेको थिएन । यद्यपी २०५२ साल फागुन १ गते शुरु गरिएको युद्ध भने सामन्ती निरंकुश जनविरोधी सत्ताको विरुद्ध थियो । यो विधिवत रुपमा ४० बुँधे माग सरकारलाई बुझाएर पेश भएको मागको संम्बोधन नगरेर राज्यले नै निम्त्याएको युद्ध थियो । यसैले यो युद्धमा जे जति हत्या भयो, धन जनको क्षती भयो त्यसको सम्पूर्ण जिम्मेवार सरकार नै हुनुपर्छ । यदी शुरुमै विद्रोहीलाई वोलाएर समझदारी गरेको भए १७ हजार जनता हामीले गुमाउनु पर्ने थिएन । यसैले अहिले प्रचण्ड ज्यानमारा हो भनेर अदालतमा मुद्धा हाल्नुले प्रचण्ड यसको देषी हुन सक्दैनन् । किनभने प्रचण्डले व्यक्तिगत कारणले मान्छे मार्दै हिडेको हो र ? उनलाई फौजदारी अभियोग लाग्ने ?
वास्तवमा ओली झापा विद्रोहको नाममा हत्या गरिएका धर्मढकाल लगायतको हत्या अभियोगका ज्यानमारा हुन । यिनी १४ बर्ष जेल सजाय भोगे पछि जेल मुक्त भएर राजनीतिक नेतृत्व गरिरहेका हुन । यसरी राजनीतिक नेतृत्व गरिरहेको पुरस्कारको रुपमा जनयुद्धका कमण्डर प्रचण्डकै सहयोगमा तीन पटक प्रधानमन्त्रि हुन पुगेका मान्छे हुन ओली । यिनी स्वभावत छुद्र आफ्नो फाईदाको लागि जे पनि गर्ने नादान राष्ट्रघाती सोचका पनि हन ओली ।

झापा विद्रोहमा ओलीका बडी गार्डको रुपमा कार्यरत मनकुमार तामाङ् अहिले जीवितै अवस्थामा छन । उनि पनि जनता मारेको अभियोगमा १७ बर्ष ७ महिना ७ दिन जेल परेका थिए । उनिसंगै जेल परेका पाँचजना भने सुखानीमा मारिए । बाँचेका मध्ये के.पि. ओली प्रधानमन्त्रि भएर आलिसान महलमा विराजमान भएभने उनका सहयोगी मनकुमार तामाङ्को हालत भने दयनीय नै छ । तामाङ् ओली संगै ११ महिना नख्खु जेलमा थिए । ओली प्रधानमन्त्रि हुँदा उनि राम्ररी छाउन समेत नसकेको छाप्रोमा जीवन विताईरहेका छन । ओली भन्ने गर्छन प्रचण्डले जनयुद्धमा उनलाई सहयोग गर्नेलाई हेरेनन दुःख पाईरहेका छन । तर उनका सहयात्रीलाई ओलीले किन सहयोग नगरेको त ? प्रचण्डले त सत्य निरुपन आयोग लगायतका आयोगको निर्णय गराउन लागि रहेका छन । फेरी राज्यको तर्फबाट सहीदलाई सहिद घोषणा गर्ने । यसै पटक देखी जनयुद्ध दिवस राज्यस्तरबाटै मनाउने जस्ता काम गरेबाट प्रचण्डले त्यस्ता योद्धाको वेवास्ता गरेको भन्न सकिदैन । हो धेरै योद्धा सबैको समान व्यवस्थापन नभएको हुन सक्छ । यद्यपी ओलीले आरोप लगाय जस्तै वेवास्ता चै भने भएको छैन ।
महाकाली सन्धी नेपालको निम्ति घातक नै भएको छ । यसैको कारण बनेर भारत जवरजस्त कालापानी हाम्रो हो भन्न पुगेको हो । यो सन्धिलाई ओलीले नेपाललाई ज्यादै धनि बनाउने सन्धि हो भनेर खुव सराहना गरे । यो सन्धी एमाले पार्टी बैठकबाट अनुमोदन गराउन मनमोहन अधिकारीले नमाने पछि वहा विरामी परेर उपस्थित नहुने अवस्थामा समेत वहाको प्रतिनिधी देवराज घिमिरे (अहिलेका सभामुख) लाई उभ्याएर काईते ढंगबाट पार्टीमा संन्धि पारित गराई संसदवाट समेत यो सन्धि पारित गर्नेकाममा संसदमा मतदान गराईएको हो । यो संन्धि २०५२ साल माघ २९ गते तत्कालिन प्रधानमन्त्रि शेरवहादुर देउवा र भारतीय प्रधानमन्त्रि नरसिंह रावले नेपालको संसदवाट दुई तिहाईले पारित गरे पछिको अवस्थामा हस्ताक्षर भएको थियो । यद्यपी ओलीले यो संन्धिभएपछि बर्षिने एक खरव पच्चिस अरब बर्षिने नेपालले पाउने हुँदा नेपालीले कर तिरीरहनु पनि नपर्ने अवस्था आउन सक्छ भनेर भाषण गरेको संझना छ की छैन कोनी ओलीलाई । यसै सन्धिले गर्दा २०५४ सालमा एमाले पार्टीमा फुट आयो । बामदेवले विद्रोह गरेर नयाँ पर्टी माले शुरु गरेका थिए । पछि २०५६ को चुनावमा उनको लज्जा जनक हार भएपछि फेरी वामदेव एमालेमै फर्किएका हुन । वास्तवमा यो ओली र केही दलालकै बलबाट यो अपराधिक ताकतको परिणाम महाकाली संन्धी भएको हो । यसको पीडा बषैाँसम्म नेपालीले बेहोरी रहनु पर्ने छ ।
ओली मौका परेमा जे पनि गर्छन । प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरे ठिकै गरे भन्ने लागेकै हो । तर उनले तत्कालै वाम समझदारीको सरकारलाई भत्काएर अर्को नाटक गर्नु दुर्भाग्यको कुरा भएको छ । राजनीतिमा समझदारीले ठूलो भूमिका खेलेको हुन्छ । हो प्रचण्डले कांग्रेशको साथ लिए पनि आफ्ना मन्त्रिहरुलाई फिर्ता नवोलाई सरकारको समर्थन समेत कायम राखेको भए ओलीकै उचाई बढ्ने थियो । फेरी सुभाष नेमाङ्लाई उठाएर आफ्नो हैसियत देखाउनु पनि कुनै जरुरी थिएन । सुभाष योग्य हुन तर जीतहारको कुरामा उनको तौल पुग्ला जस्तो छैन । यस्तो कुरामा सुभाष जस्तो हैसियत बनाएको मान्छेलाई लिएर च्याँखे थाप्नु ओलीको आफ्नै पार्टी र कार्यकर्ता प्रति पनि गद्दारी हो । बरु सरकारको समर्थनमै बसेको भए अरु अवसरमा उनलाई उचित स्थान दिन पनि सकिन्थ्यो होला ।

अहिले ओलीकै छुद्रता र गद्दारीको कारण प्रचण्डले कांग्रेशसंग साठ गाठ गर्नै पर्ने वाध्यता आई लागेको हो । राष्ट्रपतिकै दावा गर्ने हो भने तीन कार्यकालसम्म एमालेलाई राष्ट्रपति किन चाहियो । दुइ पटकसम्म त प्रचण्डले दिएकै हुन । यसैले पनि ओली राजनीतिक रुपमा कुरुप पात्रहुन । आखिर यिनैको कुरुपताको शिकार एमाले कार्यकर्ता पनि हुनुपर्ने छ । यसैले विस्तार विस्तार एमालेमा रहेका इमान्दार कार्यकर्ता तथा नेताहरु माओवादी मै समाहित हुँदा बरु देश र दुनियाको साथै उनिहरुको समेत कल्याण हुने छ ।

ओली छुद्रछन । उनि आत्म प्रशंसामा रमाउछन । उनलाई कसैले अलिकती विरोधगरेको सहने क्षमता उनमा छैन । यसको उदाहरणको लागि करिव उनकै शब्दमा अखिल नेपाल महिला सङ्घको बैठकलाई ओलीले आइतबार, १० साउन २०७८, गरेको सम्बोधनमा माधव नेपाल प्रतिको कटाक्षको साथै मेरो कविता प्रति खरो टिप्पणी सहित गाली गलौज गरेकोबाट पनि स्पष्ट हुन्छ । उनले त्यतिबेला सेतो दारी कपाल फुलेर हुँदो रहेनछ । बुद्धि वग्रेपछि, गलत मान्छे वा समूहसंग साँठगाठ गरेपछि सेतो कपाल दारी समेत सेतो भएर हुने रहेनछ भनेछन । संगसगै उनले भनेछन कियस्तै विरोधी भएका कारण यतिबेला हामीले राजनीतिबाट जनतालाई स्पष्ट पार्नु जरुरी छ । महिला दिदीबहिनीहरु पार्टीको अपेक्षा यो हो यही अभियान लिएर अघि बढ्नुस् । पार्टीलाई ध्वस्त पार्नेहरूबाट पार्टी जोगाउनु मुख्य उद्देश्य यही हो । पार्टीलाई जोगाऊँ । पार्टीलाई स्वार्थको किनबेचमा होइन भनेर उनले म प्रति नै ठूलो कटाक्ष पोखेका रहेछन । उनले भनिरहेको पाईयो एमाले बिकाऊ मालहरूको झुन्ड होइन, सिद्धान्त, विचार आस्था र आदर्शहरूमा केन्द्रित भएको, अनुशासनमा बाँधिएको, छ । त्यस्तो फराकिलो विचार भएको, जनपक्षीय,अग्रगामी र सक्रिय सङ्गठनको रूपमा अगाडि बढाउनुपर्ने आजको आवश्यकता बनेको छ । हरेक सङ्घसंस्थाको पनि आवश्यकता, हरेक बुद्धिजीवीको आवश्यकता बनेको छ । केही बहकिएका छन् । कविता भनेर लेखेको होला सायद एउटा लामो फेहरिस्त लेख्या रहेछ । माया लाग्यो, दया लाग्यो बिचरा – मैले केपी ओलीलाई बचाउन सकिनँ भनेर सत्तोसराप गरेर लेखेको रहेछ ।

माया लाग्यो, दाह्री जुँगा कपाल सबै सेतै फुलेको छ । बुद्धि, आक्रोश, विश्लेषण भने विश्लेषण होइन त्यो । आक्रोश छ । अचम्म लाग्यो कपाल र दाह्री फुलेर हुँदो रहेनछ मान्छे विवेकको परिपक्वता भएन भने । अरूका लहैलहैमा कुद्यो भने । साना स्वार्थमा कुद्यो भने ।केपी ओलीका सुन्ड मुण्डहरूले घर अगाडि आएर चाख्लास् पख्लास् भने रे । यस्ता अफवाह, वाहियात कुरा नगरे पनि हुन्छ । केपी ओलीको साथमा रहेको कुनै दुई चार जनाको झुन्ड होइन । यहाँ देशको सबभन्दा बढी जनसङ्ख्या नेकपा एमालेको साथमा छ, केपी ओलीको साथमा छ । अनि एउटा दुइटा कसले ? कविता न सविता भनेर लेख्छ त्यस्ताका पछाडि नेकपा एमाले कुद्छ नेकपा एमाले ? नेकपा एमाले कुनै गुण्डा दल होइन ।
नेकपा एमाले एउटा परिपक्व राजनीतिक पार्टी हो जसको काँधमा देशको मुहार फेर्ने अभिभारा छ । त्यो अभिभारा बोकेको पार्टी अनि एक जना दुई जना व्यक्तिले केपी ओलीलाई मुख छाड्यो । केपी ओलीलाई मुख छाडेर, लेखेर जीविका चलायो भने केपी ओली खुसी हुन्छ कमसेकम जीविका त चलेछ कसैको । त्यस कारण यो भ्रम नपाले हुन्छ । र यसरी बदनाम नगरे पनि हुन्छ थुप्रो तत्त्वहरू बदनामीमा लागेका छन् । छन् केही सङ्ख्या । थुप्रो भन्नाले त्यहाँ केही दर्जन भनेको मैले । तीन करोड जनसङ्ख्यामा केही दर्जन मानिसहरू यसमा लागेका छन् । उनले आफूलाई नै संसार ठानेका होलान् ।
कहिले–कहिले भ्यागुताले इनारको प्वालबाट जति देखिन्छ, त्यति धर्ती त्यतिलाई नै आकाश ठानेको हुन्छ । तर, धर्ती कुवाको तल बसेको भ्यागुताले इनारको मुखबाट देखिने जति मात्रै आकाश हुन्छ । उसले देखेको जति पानी मात्रै धर्तीमा पानी छ र उसले देखेको जति मात्रै धर्ती ठान्नु बेकार छ ।
नेकपा एमालेको दृष्टिकोण राष्ट्रव्यापी छ, विश्वव्यापी छ, यो राष्ट्रवादी छ यो जनतावादी छ र यो मानवतावादी छ । यो धर्तीवादी पनि छ । यसको दायरा फराकिलो छ, त्यो फराकिलो दायराअनुसार नेकपा एमाले चल्छ भन्ने कुरा सवैमा चेतना होस् भन्ने कुरा म आग्रह पनि गर्न चाहन्छु ।
उनको भनाई ठिक छ तर गराई छँदै छैन । अहिले म ट्याक्सीको ठक्करबाट गम्भिर घाईते भएर बसीरहँदा उनकै कार्यकर्ताको खेल त होईन भन्ने कमजोर सोच बनिरहन्छ । यो होईन होला र यस्तो तुच्छता म मा पनि रह्यो भने म पनि ओली भन्दा के कम हुदो हुँ र ? हो दुर्घटना स्वाभाविक हो । मान्छे मर्छन तर म बाँचेकै छु । यतिमात्र हो फरक तर मलाई यो देश बनाउने रहर कहिल्यै कमजोर भएको छैन । यो देश साच्चै सुन्दर र सम्पन्न हुन्छ भन्ने कुरामा म विश्वस्त छु । यदि प्रचण्ड अहिले संसदमा गोरखाबाट प्रतिनिधित्व गरिरहेका छन । उनैले साच्चै पृथ्वीनारायण शाहको जस्तै ताकत र हिम्मत लिए भने नेपालले सुगौली संन्धिमा गुमाएको भूभाग हाम्रो हुन सक्छ । किनभने अहिले सिक्किम दार्जिलिङ्का नेपाली एकाकार हुन लालायित छन । त्यस्तै किल्ला काँगडामा नेपाली समाचारको टेलिभिजन खोलेर नेपालीहरुलाई एकाकार हुन आह्वान गरिरहेका छन । यसैले संभावना दरो छ । यो बिषयमा प्रचण्ड काम्म्रेड गम्भिर हुन सक्नुभयो भने यो उपलब्धी टाढाको बिषय बन्ने छैन भन्ने लागेको मात्र हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी