क्रिकेट विश्वकप लिग- २: आसिफको शतकमा नेपालको उच्च स्कोर

क्रिकेट विश्वकप लिग- २: आसिफको शतकमा नेपालको उच्च स्कोर

  • बिहिबार, फाल्गुन २५, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

काठमाडौँ, २५ फागुन । नेपालले क्रिकेट विश्वकप लिग- २ मा पपुवा न्यु गिनीलाई २ सय ९८ रनको लक्ष्य दिएको छ । टस हारेपछि ब्याटिङमा आएको नेपालले ४९.१ ओभरमा २ सय ९७ रनमा अलआउट भयो ।
आसिफ शेखले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाए । आसिफले १ सय १० रन बनाएपछि नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो उच्च स्कोर बनाउदै भ्रमणकारी टोली पपुवा न्यु गिनीलाई चुनौतीपूर्ण लक्ष्य दिएको हो ।
तीन साताअघि नामिबियाविरुद्ध लिग २ कै खेलमा नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा २ सय ८७ रन बनाउँदै विजय लक्ष्य पूरा गरेको थियो, जुन यसअघि एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको उच्च स्कोर थियो ।

१ सय १ बलमा शतक पूरा गरेका आसिफले कुल १ सय १० बल खेली १२ चौका र १० छक्का प्रहार गरे । आसिफ नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने पाँचौं खेलाडी हुन् । यसअघि नेपालबाट पारस खड्का, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र कुशल भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाएका थिए । सन् २०२१ को सेप्टेम्बरमा ओमानविरुद्ध मस्कटमा ९० रन बनाउनु आसिफको यसअघिको व्यक्तिगत उच्च स्कोर थियो ।

आफ्नो इनिङ्समा ९० रन बनाएपछि उनी एकदिवसीय अन्तर्राष्ट्रियमा १ हजार रन बनाउने नेपालको दोस्रो खेलाडी बनेका थिए । रोहित पौडेलको ४० खेलको तुलनामा आसिफले ३२ खेलमा एकदिवसीय अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गरेका हुन् ।

आसिफ र कुशल भुर्तेलसँग पहिलो विकेटमा १ सय १० रनको साझेदारी गरी नेपाललाई सानदार सुरुआत दिलाए । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली ओपनिङ जोडिको यो दोस्रो ठूलो साझेदारी हो । यी दुईले नै गत वर्ष अमेरिकाको हृयुस्टनमा ओमानविरुद्ध १ सय १४ रनको साझेदारी गरेका थिए ।

नेपाली खेलाडीको दशौं शतकीय साझेदारीमा यो छैटौं उत्कृष्ट साझेदारी हो । आसिफले नेपालबाट सर्वाधिक ८ अर्धशतक बनाइसकेका छन् ।

कुशल ४५ रनमा आउट भएपछि यो साझेदारी टुटेको थियो । कुशलले ५६ बल खेली ६ चौका प्रहार गरे । कुशल मल्ल २, ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भए । आसिफले रोहितसँग चौथो विकेटमा ६७ रनको साझेदारी गरे । रोहितले ३० बल खेली ३ चौकाहित ३५ रन बनाए ।

आसिफ ३८ औं ओभरमा आउट भए । दीपेन्द्रसिंह ७ रनमा आउट भए भने आरिफ शेखले १५ रन जोडे । एक छक्का प्रहार गरेका करण केसी ८, सोमपाल कामी ७ रनमा आउट भए ।

आउट हुने अन्तिम खेलाडी भिम सार्की रहे । उनले ३८ बल खेली ४ चौका प्रहार गरे । पपुवा न्यु गिनीका लागि सेमो कामिआले ५ विकेट लिए । उनले ९।१ ओभरमा ३८ रन खर्चे । रिलेय हेकुरेले १० ओभरमा ५० रन खर्चेर ३ विकेट लिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ