भैरहवाका लागि उडेको श्रीको जहाजको इन्जिनमा ‘फायर वार्निङ’ देखिएपछि काठमाडौं फर्कियो

भैरहवाका लागि उडेको श्रीको जहाजको इन्जिनमा ‘फायर वार्निङ’ देखिएपछि काठमाडौं फर्कियो

  • बिहिबार, फाल्गुन २५, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

काठमाडौँ, २५ फागुन । भैरहवाका लागि उडेको श्री एयरलायन्सको एन–एएनआर विमानमा फायर वार्निङ (आगोको संकेत) देखिएपछि काठमाडौंमै फर्किएको छ ।

७८ जना यात्रु राखेर बिहान ९ बजेर ३८ मिनेटमा उडेको विमानको दायाँ इन्जिनमा आगो लागेको संकेत देखाएपछि काठमाडौं नै फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए । दायाँ इन्जिनमा आगो लागेको संकेत चालकदलले उक्त विमानलाई ९ बजेर ५५ मिनेटमा काठमाडौं अवतरण गराएका थिए ।

एयरलायन्सका प्रवक्ता अनिल मानन्धरले उक्त विमानका यात्रुलाई अर्को विमानबाट भैरहवा पठाइने बताए । जहाजलाई अहिले श्रीका प्राविधिकहरुले जाँच गरिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ