फागुण २५ काठमाण्डौँ । आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन २ अन्तर्गत अन्तिम श्रृखलाको पहिलो खेलमा नेपालले आज पपुवा न्युगिनी बिरुद्ध खेल्दैछ ।
घरेलु मैदान कीर्तिपुरमा बिहान ९ बजे पछि हुने खेलमा जीतको रणनीतिका साथ नेपाली टोली मैदानमा उत्रनेछ ।
युएईमा हालै भएको अघिल्लो श्रृखलामा नेपालले पपुवा न्युगिनी माथि दुबै खेल जितेको थियो । पछिल्लो समय जितको लयमा देखिएको नेपालले आजबाट हुने चार वटै खेल जितेमा लिगको तेस्रो स्थानमा उक्लदै विश्वकप छनौट खेल्ने अवसर पाउनेछ ।
नेपाल अहिले ३२ खेलबाट ३२ अंकका साथ पाँचौ स्थानमा रहेको छ । नेपालले एक दिवसीय मान्यता कायम राख्न कम्तीमा पनि दुई खेल जित्नु पर्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline