ए डिभिजन लिग : हिमालय शेर्पाले पुलिस क्लबलाई पराजित गर्यो

ए डिभिजन लिग : हिमालय शेर्पाले पुलिस क्लबलाई पराजित गर्यो

  • बुधबार, फाल्गुन २४, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

सहिद स्मारक ए डिभिजन लिग २०७९ अन्तर्गत आजको दोस्रो खेलमा हिमालयन शेर्पाले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ।

दशरथ रंगशालामा भएको खेलमा निर्धारित ९० मिनेटको खेलपछि थपिएका समयको सातौँ मिनेटमा हिमालयन शेर्पाले गोल गरेको हो।

कर्नरमा प्राप्त बललाई मुतुमाले गरेको हेडपछि प्राप्त बललाई सदुपयोग गर्दै अमृत श्रेष्ठले बललाई जाली चुमाए।

खेलकै क्रममा हिमालयन शेर्पाले पेनाल्टी प्राप्त गरेको थियो। तर, त्यसलाई गोलमा परिणत गर्न सकेको थिएन। अन्ततः सेन्टर ब्याक अमृतको गोलसँगै हिमालयन शेर्पाले महत्वपूर्ण तीन अंक हासिल गरेको छ।

पुलिस पहिलो खेलमा पनि जर्ज ब्वायजसँग पनि पराजित भएको थियो। हिमालयन शेर्पाले भने पहिलो खेलमा मनाङ मर्स्याङ्दीसँग बराबरी खेल्दै एक अंक हासिल गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ