लोकदोहारी गायक लम्सालको निधन

लोकदोहारी गायक लम्सालको निधन

  • मङ्लबार, फाल्गुन २३, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

फागुण २३ काठमाडौं । लोकदोहोरी गायक राजेन्द्र लम्सालको निधन भएको छ । लम्सालको सोमबार राति निधन भएको हो । लम्साल मोडल तथा कलाकार सागर लम्साल (बले) का बुवा हुन् ।

कलाकार केदार प्रसाद घिमिरेले सामाजिक सञ्जाल फेसबुक मार्फत लम्सालको निधन बारे जानकारी दिएका हुन् । लामो समयदेखि स्पेनमा बस्दै आएका राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापकसमेत रहेका लम्साल ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल’ युरोप शाखाका संस्थापक संरक्षक पनि हुन् ।

लोकदोहोरीका सर्जक समेत रहेका लम्सालका ‘जापान टोकियो’, ‘डोरीको तीन फुदा’, ‘वालिङ फिरफिरे’, ‘शिरमा रिबन सलको पछ्यौरी’, ‘भीरको टुनी हो’, ‘मर्स्याङ्दीको पुल’, ’आमा तिम्रो दूधको भारा’ लगायत गीत लोकप्रिय छन् ।

१२ वर्षदेखि स्पेनमा बस्दै आएका ६० वर्षीय लम्सालले दर्जनौं गीत लोकप्रिय छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी