फागुण २२ काठमाण्डौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले युएई बिरुद्ध रोमाञ्चक जीत निकालेको छ ।
नेपालले दिएको २३० रनको लक्ष्य बिरुद्ध युएईले जवाफी व्याटिङ गर्ने क्रममा उसलाई ४५ ओभरमा १८७ रनमा अलआउट गरेपछि ४२ रनको जीत निकालेको हो । यो सँगै नेपालले पहिलो खेलमा ६८ रनको हारको बदला पनि लिएको छ ।
युएईलाई रोक्ने क्रममा शुरुमै पहिलो ओभरमा बलर सोमपाल कामीले नेपाललाई सफलता दिलाए । त्यसपछि लयमा खेल्दै राम्रो रन बनाउदै विकेट जोगाएको युएईका लागि सोमपालले नै थप दुई विकेट लिएपछि नेपालले आत्मविस्वास बढाएको थियो ।
त्यसपछि ४२ औँ ओभरको दोस्रो बलमा दिपेन्द्र सिंह ऐरीले ८२ रन जोडेका आशिफ खानलाई र अर्को बलमा समेत विकेट लिएपछि नेपाल जितको बाटोमा अघि बढेको थियो । यो सँगै ऐरीले पनि तीन विकेट लिए । करण केसी र सन्दीप लामिछाने र आशिफ शेखले एक एक विकेट लिएका छन् ।
युएईका लागि आशिफ खानले ८२ रन जोडे । ११५ बल खेल्दै ३ छक्का र २ चौका उनले प्रहार गरे । त्यसै गरी आर्यन लाक्राले ५० रन जोड्नु बाहेक अन्यले खासै रन बटुल्न सकेनन् ।
दुबईमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले भीम सार्कीको अर्ध सतकको मद्धतमा पुरै ५० ओभरमा ८ विकेट गुमाएर २२९ रन जोड्यो ।
६८ रनको ५ विकेट गुमाएर संकटमा परेको नेपाली टोलीलाई भीमले ७० रन प्रहार गर्दै इनिङ सम्हालेका थिए । उनले छैटौं विकेटका लागि सन्दीप लामिछाने र सातौं विकेटका लागि आरिफ शेखसँग ५६र५६ रनको साझेदारी गरेका थिए । त्यस्तै आरिफ शेखले नटआउट ४३ रन बनाए ।
सन्दीप लामिछानेले २७ रन बनाए । करन केसीले ११ बल खेल्दै १७ रन बनाए । त्यस्तै नेपालका लागि प्रतीश जिसीले ११ रन बनाए ।
ओपनर आसिफ शेख ६ र ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भए। कुशल मल्लले ३२ रन बनाउन बाहेक अन्य टप अर्डर ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान रोहित पौडेल १ र दीपेन्द्रसिंह ऐरी २ रनमा आउट भए ।
यूएईका लागि जुनैद सिद्दीकीले ३ तथा रोहन मुस्तफा, आर्यन लाक्राले २–२ विकेट लिए ।
यो जीतसँगै नेपाल लिगको पाँचौ स्थानमा उक्लिएको छ । नेपालले कुल ३२ खेलमा १५ मा जीत तथा एकमा नतिजा बिहीन हुँदै ३२ अंक जोडेको छ । समान खेल खेलेको युएई १४ जीत र दुई बराबरी सहित ३१ अंक सहित छैटौ स्थानमा छ । पपुवा न्युगिनी पुछारमा रहेको छ ।
यूएईपछि नेपालले घरेलु मैदानमा फागुन २५ देखि यूएई र पीएनजीसँगै लिग टुको अन्तिम सिरिज खेल्नेछ । बाँकी ४ मध्ये २ खेल जिते नेपालको ओडीआईले निरन्तरता पाउनेछ ।