सोमपाल कामीले दिलाए नेपाललाई शुरुवाती सफलता

सोमपाल कामीले दिलाए नेपाललाई शुरुवाती सफलता

  • सोमवार, फाल्गुन २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

काठमाडौँ फागुण २२ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले दिएको २३० रनको लक्ष्य बिरुद्ध युएईले जवाफी व्याटिङ गरिरहेको छ । शुरुमै पहिलो ओभरमा बलर सोमपाल कामीले नेपाललाई सफलता दिलाएका छन् ।

पहिलो ओभरको दोस्रो बलमा सोमपाल कामीले मोहम्मद वासिमलाई आउट गरेका छन् ।

दुबईमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले भीम सार्कीको अर्ध सतकको मद्धतमा पुरै ५० ओभरमा ८ विकेट गुमाएर २२९ रन जोड्यो ।

६८ रनको ५ विकेट गुमाएर संकटमा परेको नेपाली टोलीलाई भीमले ७० रन प्रहार गर्दै इनिङ सम्हालेका थिए । उनले छैटौं विकेटका लागि सन्दीप लामिछाने र सातौं विकेटका लागि आरिफ शेखसँग ५६/५६ रनको साझेदारी गरेका थिए । त्यस्तै आरिफ शेखले नटआउट ४३ रन बनाए ।

सन्दीप लामिछानेले २७ रन बनाए । करन केसीले ११ बल खेल्दै १७ रन बनाए । त्यस्तै नेपालका लागि प्रतीश जिसीले ११ रन बनाए ।

ओपनर आसिफ शेख ६ र ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भए। कुशल मल्लले ३२ रन बनाउन बाहेक अन्य टप अर्डर ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान रोहित पौडेल १ र दीपेन्द्रसिंह ऐरी २ रनमा आउट भए ।

यूएईका लागि जुनैद सिद्दीकीले ३ तथा रोहन मुस्तफा, आर्यन लाक्राले २–२ विकेट लिए ।

आजको खेल जितेमा नेपाल अंक तालिकाको पाँचौ स्थानमा उक्लनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ