काठमाडौँ फागुण २२ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले यूएईलाई २ सय ३० रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले भीम सार्कीको अर्ध सतकको मद्धतमा पुरै ५० ओभरमा ८ विकेट गुमाएर २२९ रन जोड्यो ।
६८ रनको ५ विकेट गुमाएर संकटमा परेको नेपाली टोलीलाई भीमले ७० रन प्रहार गर्दै इनिङ सम्हालेका थिए । उनले छैटौं विकेटका लागि सन्दीप लामिछाने र सातौं विकेटका लागि आरिफ शेखसँग ५६÷५६ रनको साझेदारी गरेका थिए । त्यस्तै आरिफ शेखले नटआउट ४३ रन बनाए ।
सन्दीप लामिछानेले २७ रन बनाए । करन केसीले ११ बल खेल्दै १७ रन बनाए । त्यस्तै नेपालका लागि प्रतीश जिसीले ११ रन बनाए ।
ओपनर आसिफ शेख ६ र ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भए। कुशल मल्लले ३२ रन बनाउन बाहेक अन्य टप अर्डर ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान रोहित पौडेल १ र दीपेन्द्रसिंह ऐरी २ रनमा आउट भए ।
यूएईका लागि जुनैद सिद्दीकीले ३ तथा रोहन मुस्तफा, आर्यन लाक्राले २–२ विकेट लिए ।
अब युएईले नेपालले दिएको लक्ष्य पछ्याउन जवाफी व्याटीङ थाल्नेछ ।
आजको खेल जितेमा नेपाल अंक तालिकाको पाँचौ स्थानमा उक्लनेछ ।