वीरगंज २२ फागुन । मिर्मिरे अनलाईमा प्रकाशित एउटा समाचारको विषयलाई लिएर पत्रकार दिपक चौरासियामाथि आक्रमणको प्रयास भएको छ ।
यस अनलाईनमा आईतवार “आन्तरिक राजश्व कार्यालयका प्रमुख तिवारी कमाउधन्धामा, अधिकृत पटेलको समन्वयमा अबैध कारोबारीबाटै असुली” शिर्षकको समाचार प्रकाशित भए पछि एक समुहले राति करिब १० बजेको समयमा पर्सा संवाददाता दिपक चौरसिया माथि आक्रमणको प्रयास गरेको संवाददाता चौरासीयाले बताए ।
पर्साको मिर्जापुर निवासी अपराधि प्रवृतिका जय प्रकाश कुशवाहाले ९८१११७०३३७ मोबाईल नम्बरबाट प्रमुख चौरसियाको ९८१४२८६२५२ मा फोन गरी “दिपक चौरसिया बोलेको हो ? जवाफमा मैले हो चौरसिया बोलेको, तिमी कहाँ छस्, म घरमा छु भनि भन्दा अहिले तिमिलाई भेटनु छ, १० मिनेटमा हामी घरैमा आई राखेका छौं, बाहिर निस्क, तिमी को हो, के काम छ भनि सोध्दा मोबाईल फोनको लाईन काटिदिए । सम्बाद भएको केही बेर पछि कुशवाहाले पत्रकार मनोज पटेल, शम्भु कुमार सुमन, संतोष साह, हरिशंकर शर्मा, बृजलाल पासवान लगायतकालाई लिएर मेरो घर अगाडि आमाचकाली तथानाम गाली गर्दै गुण्डा शैलीमा ढोकामा लातले हिर्काउदै बाहिर निस्क भन्दै होहल्ला गरिरहेकोमा मैले यथार्थकुराहरु घरभित्रै बाट प्रहरी उपरिक्षक कोमल शाहलाई जानकारी गराए पछि तत्कालै घटनास्थलमा प्रहरीको टोली आई पुगेको पत्रकार चौरसियाले बताए ।
वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक आशुतोष बहादुर शाहीको कमाण्डमा आएको टोलीले धम्की दिनेहरु संंग सोधपुछ गर्दा कर कार्यालयको पैसामा बिकेका पत्रकारहरु प्रहरी संग हामी पत्रकार हौं, चौरसिया संग केही सोधपुछ गर्न आएका हौं भनि पन्छेका थिए ।
मोबाईल फोनमा धम्की दिने कुशवाहालाई प्रहरीले समात्न प्रयास गर्दा पत्रकारहरुले वहां पनि पत्रकारै हो भनेर दावी गरेका थिए । प्रहरीको टोली समयमै आएर आफू सुरक्षित हुन सफल भएको भन्दै पत्रकारले थप सुरक्षाको माग गरेका छन्।
यस विषयमा थप जानकारी अर्को समाचारमा प्रकाशित गरिनेछ ।