ओलीले प्रचण्डमाथि लगाएको आरोप गलत भएको पुष्टि , एमालेकै पालिका अध्यक्षले भारतीय दुतासावमा पत्र पठाएर सहयोग मागेको देखियो

ओलीले प्रचण्डमाथि लगाएको आरोप गलत भएको पुष्टि , एमालेकै पालिका अध्यक्षले भारतीय दुतासावमा पत्र पठाएर सहयोग मागेको देखियो

  • आइतवार, फाल्गुन २१, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

फागुण २१ काठमाण्डौँ । गठबन्धन टुटेपछि फेरी एकाएक प्रधानमन्त्री प्रचण्ड बिरुद्ध आक्रामक अभिव्यक्ति दिन शुरु गरेका एमाले अध्यक्ष केपी ओलीले प्रचण्डले चीन बिरुद्ध गद्धारी गरेको, मुस्तागंमा भारतलाई विश्व विद्यालय खोल्न अनुमति दिन लागेको भन्दै लगाएको आरोप गलत भएको पुष्टी भएको छ ।

आज सञ्चारमन्त्री रेखा शर्माले एक विज्ञप्ति जारी गरी एमाले अध्यक्ष ओलीले लगाएको आरोप गलत भएको भन्दै खण्डन गरेकी छन् ।

मुस्ताङको संवेदनशील फलेक क्षेत्रमा बौद्ध कलेज स्थापनाका लागि आर्थिक सहयोग गर्न आग्रह गर्दै एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्षले नै भारतीय दूतावासमा पत्राचार गरेको खुलेको छ।

एमालेबाट निर्वाचित मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङले मुस्ताङ शाक्य बुद्धिष्ट एसोसिएसनले बौद्ध शाक्य कलेज स्थापना गर्न आर्थिक सहयोग खोजिरहेको भन्दै त्यस्तो संस्था स्थापनाका लागि आर्थिक सहयोग गर्न करिब साढे तीन महिनाअघि काठमाडौंस्थित भारतीय दूतावासमा आग्रह गरेका हुन्।

‘मुस्ताङ र छिमेकी जिल्ला डोल्पा, मनाङ तथा स्थानीय र विदेशी विद्यार्थीहरूको हितका लागि यो ऐतिहासिक परियोजना सम्पन्न गर्न आर्थिक सहयोगका लागि म तपाईंको सरकारसँग विनम्र आग्रह गर्दछु’, अध्यक्ष रिङजीन नामगेल गुरुङले भारतीय दूतावासका डेपुटी सेक्रेटरी करुन बंसललाई सम्बोधन गर्दै २२ नोभेम्बर २०२२ मा पठाएको पत्रमा भनिएको छ।

मुस्ताङको फलेकमा बौद्ध कलेज स्थापनाको लागि ७० करोड ३३ लाख रुपैयाँ अनुदान स्वीकृति माग गर्दै भारतीय दूतावासले पठाएको पत्रमाथि अर्थमन्त्रालयले अध्ययन गरिरहेको छ।

२०३१ सालमा खम्पा विद्रोह भएको सो क्षेत्रमा भारतीय लगानीमा विश्व विद्यालय खुल्नु चीन विरुद्ध गद्धारी हुने र राष्ट्रिय स्वाधनीतामा असर पर्ने ओलीले बताएका थिए ।

सरकारले भारतीय दुतावासलाई उक्त पत्र लेखिएको विषयमा छानविन गर्ने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी