बालमैत्री स्थानीय शासन अध्ययन गर्न नमोबुद्ध नगरपालिकाको टोली सुनवलमा

बालमैत्री स्थानीय शासन अध्ययन गर्न नमोबुद्ध नगरपालिकाको टोली सुनवलमा

  • आइतवार, फाल्गुन २१, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

भकुण्डेवेशी । बालमैत्री नगरपालिका घोषणाको तयारीमा जुटेको नमोबुद्ध नगरपालिकाको टोली बालमैत्री स्थानीय शासन अध्ययन गर्न नेपालको पहिलो बालमैत्री नगर सुनवल पुगेको छ । नगरप्रमुख कुन्साङ लामा, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल, वडाअध्यक्ष रामकृष्ण उपाध्यायसहित जनप्रतिनिधी, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, नगर बालसञ्जालका पदाधिकारी, विषयगत शाखा प्रमुखसहित कर्मचारी समेतको टोलीले सुनवल पुगेर बालमैत्री नगर घोषणाको तयारी, यसको दिगोपना लगायतका विविध पक्षबारे जानकारी लिएका थिए ।

नगर प्रमुख कुन्साङ लामा नेतृत्वको टोलीलाई सुनवल नगर प्रमुख विमला अर्यालले स्वागत गर्नुभएको थियो । सुनवल नगर प्रमुख अर्यालले बालमैत्री नगर घोषणा गर्दा निकै चुनौती भोगेको अनुभव सुनाउँदै यसको दिगोपना पनि उत्तिकै चुनौतीपूर्ण रहेको बताउनुभएको हो । नमोबुद्ध नगर प्रमुख लामाले पहिलो पटक बालमैत्री नगर घोषणा भएको सुनवललाई अभिभावक मानेर आफ्नो नगरलाई पनि छिट्टै बालमैत्री नगर पालिका घोषणा गर्ने प्रतिवद्धता जनाउनुभयो ।
नमोबुद्ध नगरपालिकाको महिला, बालबालिका तथा समाजकल्याण उपशाखा प्रमुख तारादेवी सुनुवारले नमोबुद्धको वडा नं ४, ५, ७ र १० बालमैत्री वडा घोषणा उन्मुख भएको जानकारी गराउँदै बाँकी वडामा समेत अभियान तिव्र पारिने बताउनुभयो । बालमैत्री स्थानीय तह घोषणाको लागि बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता, संस्थागत सहभागिता सम्बन्धी ५१ वटा सूचकहरु पुरा गरेको हुनुपर्छ ।
सुनवल नगरपालिकाका बाल कल्याण अधिकारी रेशमप्रसाद शर्माले बालमैत्री नगर घोषणाको मिति तय गरेर निमन्त्रणा दिन अनुरोध गर्दै अन्य स्थानीय तह बालमैत्री घोषणा हुँदा सुनवलले लड्डु खाएर खुशियाली मनाउने गरेको सुनाउनुभयो ।

सुनवल नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख केशरी गैरे, नगर बाल सहजकर्ता सुम्निमा पन्थी सुनवलको बालमैत्री अभियानबारे जानकारी गर्नुभएको थियो । कार्यक्रममा सुनवलको नगर बाल सञ्जालका पूर्वअध्यक्ष कृष्ण घिमिरे, सचिव कला बस्याल लगायतले अभियानबारे आफ्नो अनुभव सुनाउनुभएको थियो । नमोबुद्ध नगरपालिकाको टोलीका सदस्यले सुनवलको अभियानका विभिन्न पक्षबारे जिज्ञासा राख्नभएको थियो ।

सुनवलमा नै रहेको महाकवि देवकोटा माध्यमिक विद्यालयको अध्ययन, अबलोकन गर्दै टोलीले त्यहाँ भएका बालमैत्री अभ्यासका बारेमा जानकारी लिएको थियो । नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले त्यहाँका असल अभ्यासको प्रशंसा गर्दै कार्ययोजना सहित आफ्नो नगरमा पनि कार्यान्वयन गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

२०७२ जेठ ३२ गते १० वटा वडा बालमैत्री घोषणा भएको सुनवलका १३ वटै वडा संघीय संरचनापछि २०७५ भदौ ३ गते नेपालकै पहिलो बालमैत्री नगर घोषणा भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ