केपी ओलीले राजावादीलाई बोकेको भन्दै झापाका पाँच एमाले नेताले पार्टी परित्याग गरे

केपी ओलीले राजावादीलाई बोकेको भन्दै झापाका पाँच एमाले नेताले पार्टी परित्याग गरे

  • शनिबार, फाल्गुन २०, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

फागुण २० काठमाण्डौँ । एमाले अध्यक्ष केपी ओलीले राजावादी शक्तिहरुलाई बोकेको भन्दै झापा जिल्लाका पाँच नेताले पार्टी परित्याग गरेका छन् ।

नेकपा एमाले झापाकी उपसचिव तथा अधिवक्ता चन्द्र श्रेष्ठ लगायतले पार्टी परित्याग गरेका हुन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै भद्रपुर नगरपालिकाकी पूर्व उपप्रमुखसमेत रहेकी श्रेष्ठले नेकपा एमालेको सम्पूर्ण जिम्मेवारी त्याग गरेको समेत उल्लेख गरिन्।

पार्टी नेतृत्वले आफ्नो क्षेत्र झापा क्षेत्र नम्बर ३ मा एमालेलाई कमजोर बनाएको आरोप लगाउदै पार्टी परित्याग गरेकी हुन्।

पार्टीभित्र योग्यता, क्षमता, योगदान र निष्टावान नेता कार्यकर्ताहरुको आवाज नसुनिएको समेत श्रेष्ठले आरोप लगाइन्।

उनीसँगै एमाले परित्याग गर्नेमा प्रदेश कमिटी सदस्य पदम थापा, ३ नं क्षेत्रीय कमिटी सदस्य सज्जाद आलम, बाह्रदशी गाउँपालिका कमिटी सदस्य हवालोदिन मियाँ तथा बाह्रदशी गाउँपालिका सचिवालय सदस्य रहिम मियाँ रहेका छन्।

श्रेष्ठले पार्टीले राप्रपा जस्ता राजावादी शक्तिलाई बोकेको आरोप लगाएकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ