विश्वकपमा छनौट हुन सफल युवा क्रिकेट टोलीका सदस्यलाई जनही एक लाख दिने क्यानको घोषणा

विश्वकपमा छनौट हुन सफल युवा क्रिकेट टोलीका सदस्यलाई जनही एक लाख दिने क्यानको घोषणा

  • बिहिबार, फाल्गुन १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

फागुण १८ काठमाण्डौँ । युएईलाई सनसनीपूर्ण रुपमा हराएर विश्वकपमा छनौट हुन सफल नेपाली यू १९ राष्ट्रिय क्रिकेट टोलीका सदस्यलाई जनही एक लाखका दरले पुरस्कार दिने क्यानले घोषणा गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले यु-१९ क्रिकेट टोलीका सदस्यहरूलाई एक एक लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

क्यानले सरकारसँग आवश्यक सहयोग र पहलकदमी लिन आग्रह गर्ने जनाएको छ।

युएईविरुद्ध सात रनको जित निकाल्दै अर्को वर्ष श्रीलंकामा हुने आईसीसी यु-१९ विश्वकपमा छनोट भएको हो। यूएईको अज्मानस्थित इडेन गार्डेन ओभलमा भएको खेलमा नेपालले घरेलु टिमसामु एक सय ९२ रनको योगफल तयार गरेका थियो। जवाफी ब्याटिङमा उत्रिएको युएईले ४८ ओभरमा सबै विकेट गुमाएर एक सय ८४ रन मात्रै बनाउन सक्यो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ