फागुन १८,काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केन्द्रीय चलचित्र जाँच समितिको अध्यक्षमा सहसचिव नेत्रप्रसाद सुवेदीलाई नियुक्त गरेको छ ।
यसअघिका अध्यक्ष सेवन्तक पोखरेल भन्सार विभागको उपमहानिर्देशकमा सरुवा भएपछि सुवेदीलाई सेन्सर बोर्डको जिम्मा दिइएको हो । सुबेदी मन्त्रालयका प्रवक्ता समेत बनेका छन् ।
अध्यक्षको भूमिकामा आएपछि सुवेदीले दुई सातायता फिल्म सेन्सर पनि गरिरहेका छन् । सेन्सर बोर्डका पूर्वअध्यक्ष पोखरेल एक महिनाअघि नै भन्सार विभागमा सरुवा भएका थिए । खासगरी ‘प्रेमगीत ३’ र चलचित्र विकास बोर्डको विवादलाई साम्य पार्न पोखरेलले सहजकर्ताको भूमिका खेलेका थिए ।
सेन्सर बोर्डमा मन्त्रालयका सहसचिव अध्यक्ष हुने अभ्यास छ । सेन्सर बोर्डका अध्यक्षलाई नै मन्त्रालयको प्रवक्ता समेत तोकिने गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline