नेपाली युवा क्रिकेट टोलीको शादार कमब्याकः युएईलाई हराउदै यू–१९ विश्वकपमा छनौट

नेपाली युवा क्रिकेट टोलीको शादार कमब्याकः युएईलाई हराउदै यू–१९ विश्वकपमा छनौट

  • बिहिबार, फाल्गुन १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

फागुण १८ काठमाण्डौँ । शानदार कमब्याक गर्दै नेपाली यू– १९ क्रिकेट टोली यूएईलाई हराएर विश्वकपका लागि छनौट हुन सफल भएको छ । हारको नजिक पुगेको खेलमा अन्तिममा नेपाली टोलीले कमब्याक गर्न सफल भएको हो ।

घरेलु टोली युएईलाई ७ रनले पराजित गर्दै नेपाली यू–१९ टोली आगामी वर्ष श्रीलंकामा हुने विश्वकपमा छनोट भएको हो । नेपाले दिएको १९२ रनको सामान्य लक्ष्य पछ्याएको युएई ४८ ओभरमा १८४ रन बनाउँदा अलआउट भयो । यो जितसँगै नेपालले सन् २०१९ मा युएईसँगको हारको बदला लिएको छ।

सन् २०१९ मा भएको छनोट खेलमा नेपाल युएईसँग डर्कवर्थ लेविसको मेथडको आधारमा १ रनले पराजित हुँदा विश्वकप खेल्नबाट चुकेको थियो । नेपालका हेमन्त धामी, दिपेश कँडेल र सुवास भण्डारीले समान २ विकेट लिए ।

युएईका ओपनर आर्यना सक्सेना र आर्यान्स शर्माले त्यसअघि युएईको अजमानस्थित अर्डेन गार्डेन ओभल स्टेडियममा घरेलु टोली युएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४८.५ ओभरमा १ सय ९१ रन बनाउँदा अल आउट भयो ।

चौथो विकेटका लागि कप्तान देव खनाल र उत्तम रञ्जु थापा मगरले ८४ रनको साझेदार गर्दै नेपालको इनिङ्स उकासेका थिए । देव ५१ रन बनाउँदा क्याच आउट भए। ८४ बलको सामना गरेका देवले ३ चौका र १ छक्का हाने।

उत्तमले ४८ बलमा ४ चौका र १ छक्का हान्दै ३६ रनमा पवेलियन फर्के। विशाल विक्रम केसीले ३८ रन थपे । विशालले ५० बलमा ५ चौका हाने । मिलन बोहोरा १० रनमा रन आउट भए। हेमन्त धामी १३ रनमा क्याच आउट भए । दुवै ओपनरलाई सुरुवातमै गुमाएको नेपाली टोली दबाबमा आएको थियो । नेपालले चौथो ओभरमा नै दुवै ओपनरलाई गुमाएको थियो। दिपक बोहोरा शून्य र अर्जुन कुमाल ३ रनमा आउट भए। आकाश त्रिपाठी ९ रनमा बोल्ड आउट भए ।

युएईका धुव परासरले ३ विकेट लिए । आयान अफ्जल खान र हरित हरिस सेट्टीले समान २ विकेट लिए। अर्सित सेट र अम्मर बदामीले एक एक विकेट आफ्नो नाममा गरे।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ