फागुण १७ काठमाण्डौँ । आईसीसी क्रिकेक लिग डिभिजन २ मा नेपालले आफ्नो २९ औँ खेलमा आज युएई बिरुद्ध खेलिरहेको छ। युएईले दिएको २०८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले शुरुवातमै झड्का व्यहोरेको छ । नेपालले तेस्रो ओभर भित्रै १५ रनमा दुई विकेट गुमाएको छ ।
ओपनर कुसल भुर्तेल ५ रनमा आउट हुँदा ज्ञानेन्द्र मल्ल शुन्य रनमै पेभिलियन फर्किएका छन् ।
टस हारेर ब्याटिङ गरेको युएईले पुरै ५० ओभरमा ८ विकेट गुमाएर २०७ रन जोड्यो । नेपालका लागि सन्दीप लामिछानेले ३, करण केसीले १, कुसल मल्लले १ र गुल्सन झाले एक विकेट लिए भने अन्य ब्याट्सम्यान रन आउट भएका थिए ।
नेपालले पछिल्लो लगातार पाँच खेलमा जीत निकाल्दा यो भन्दा बढी रनको चूनौती पछ्याउन सफल देखिएको थियो ।
आजको खेल जितेमा नेपाल अंक तालिकाको पाँचौ स्थानमा उक्लनेछ । यसले एक दिवसीय मान्यता कायम राख्न नेपाललाई आधार बलियो हुनेछ ।