मोरङ, फाल्गुन १८ गते । मोरङको बिराटनगर-१५ स्थितबाट श्रोत नखुलेको अवैध भारतिय रुपैया सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत हरियानाका ३० बर्षीय सन्नी गुप्ता र ३४ बर्षीय सुरेन्द्र कुमार रहेका छन् ।
हिजो राती ११ बजे इलाका प्रहरी कार्यालय रानी (सिमा) बाट खटिएको प्रहरी गस्ति टोलीले संकास्पद अवस्थामा रहेका दुबै जनालाई चेक जाँचको क्रममा उनिहरुको साथबाट श्रोत नखुलेको भारतिय रुपैया ७ लाख २० हजार बरामद गरेको हो । श्रोत नखुलेको अबैध रकम बरामद भए संगै पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline