बालकको हत्या गरेको आरोपमा श्रीमान् श्रीमती पक्राउ

बालकको हत्या गरेको आरोपमा श्रीमान् श्रीमती पक्राउ

  • बिहिबार, फाल्गुन १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

मोरङ, फागुन १८ गते । मोरङको सुनवर्सी नगरपालिका-१ का १४ बर्षीय बालकको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्थानीय ३५ बर्षीय बिरेन्द्र पास्वान र उनको ३४ बर्षीया श्रीमती डल्ली पासवान रहेका छन् ।

सुनवर्सी नगरपालिका-१ का डिल्ली बहादुर माझीको १४ बर्षीय छोरा विशाल माझी फागुन ११ गते बेलुका घरबाट चोक तिर घुम्न निस्केकोमा फर्केर नआए पश्चात आफन्तले खोजतलासको क्रममा स्थानिय पोखरीको डिलमा हत्या गरी गाडेको भन्ने सुचना फागुन १७ गते पाए लगतै इलाका प्रहरी कार्यालय  रङ्गेलीमा जानकारी गराउनासाथ  प्रहरी अधिकृत समेतको टोली उक्त स्थानमा खटि उत्खनन गर्दा बालकको शब फेला परेको हो ।

बालकको हत्या गरी गाडेको अवस्थामा शव फेला परेसंगै घटनाको अनुसन्धानको क्रममा घटनामा संग्लग्न रहेका बिरेन्द्र पासवान र उनको श्रीमती डल्ली पासवानलाई प्रहरीले पक्राउ गरेको हो  । बालकको हत्याको आरोपमा पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी