१८ फागुन, काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको राष्ट्रपति जस्तो बनेर काम गरेको भन्दै कडा आलोचना गरेकी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक रोकेको स्मरण गर्दै उनले एमालेको मात्र राष्ट्रपति बनेको आरोप लगाइन् ।
राष्ट्रियसभा उपाध्यक्ष भएपछि पहिलो पटक सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्यालले राष्ट्रपति, उपराष्ट्रपतिले सबैको अभिभावकीय भूमिका खेल्नुपर्ने बताइन् । नागरिकता विधेयक दुई–दुई पटक पठाउँदा पनि रोक्नु पीडादायक भएको उनको भनाइ छ ।
‘उहाँ सधैं एमालेको मात्र राष्ट्रपति भइराख्नुभयो । त्यही विधेयक हुबहु अध्यादेशका रुपमा आएको बेला ओके गर्नुभयो । कानुन बनेर जाँदा रिजेक्ट गर्नु त भएन नि !’
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline