फागुण १८ काठमाण्डौँ । आईसीसी क्रिकेक लिग डिभिजन २ मा नेपालले आफ्नो २९ औँ खेलमा आज युएई बिरुद्ध खेलिरहेको छ। आजको महत्वपूर्ण खेलमा नेपालले टस जितेर बलिङ गरीरहेको छ । नेपाललाई करण केसीले शुरुवाती सफलता दिलाए भने दोस्रो सफलता सन्दीपले दिलाएका छन् ।
करणले पहिलो ओभरमै विकेट लिएर दबाबमा राखेको युएईको दोस्रो विकेट सन्दीपले लिएका हुन् ।
यो खबर तयार पार्दा सम्म युएईले २ विकेटको नोक्सानीमा १५ ओभरमा ६० रन बनाएको छ ।
नेपालले यस अघिका ५ खेलमा निरन्तर जित निकालेर उच्च मनोवलका साथ मैदानमा उत्रदैछ ।
आजको खेल जितेमा नेपाल अंक तालिकाको पाँचौ स्थानमा उक्लनेछ । यसले एक दिवसीय मान्यता कायम राख्न नेपाललाई आधार बलियो हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline