कोशी प्रदेश नामाकरण भएको अवसरमा आज प्रदेशभर सार्वजनिक विदा

कोशी प्रदेश नामाकरण भएको अवसरमा आज प्रदेशभर सार्वजनिक विदा

  • बिहिबार, फाल्गुन १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

फागुण १८ विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशको नामाकरण भएको खुसीयालीमा आज सार्बजनिक बिदा दिएको छ।

प्रदेशको नामाकरण भएको उपलक्ष्यमा प्रदेश सरकार मन्त्रिपरिषद बैठकले बिहीबार सार्बजनिक बिदा दिने निर्णय गरेको हो। प्रदेश सरकारले प्रदेशका सम्पूर्ण बासिन्दालाई बधाई ज्ञापन गरेको छ।

प्रदेशसभामा भएको मतदानमा कोशी प्रदेशको प्रस्तावमा ८२ मत परेको थियो। कोशी प्रदेशको पक्षमा नेकपा एमालेसहित नेपाली कांग्रेस, नेकपा माओवादी र राप्रपाका सांसदले मतदान गरेका हुन्। विपक्षमा ४ मत खसेको छ। मतदानमा ८६ जना सांसद सहभागी थिए।

प्रदेशको नाम कोशी राख्नका लागि नेकपा एमालेको तर्फबाट सांसद रामबहादुर मगरले प्रस्ताव पेस गरेका थिए।

पहिचान पक्षधरले भने प्रदेशको नामाकरणको बिरोध गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ