आठ दलीय गठबन्धनले आज सांसदलाई प्रशिक्षण दिने

आठ दलीय गठबन्धनले आज सांसदलाई प्रशिक्षण दिने

  • बिहिबार, फाल्गुन १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

फागुण १८ काठमाण्डौँ । सत्तारुढ आठ दलीय गठबन्धनका संघीय सांसदहरूका लागि आज अभिमुखीकरण कार्यक्रम आयोजना हुँदै छ।

राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै आठ दलीय गठबन्धनले बिहीबा अभिमुखीकरण कार्यक्रम गर्न लागेको हो।

दिउँसो १ बजे तीनकुनेस्थित एक ब्याङ्क्वेटमा आयोजना हुने कार्यक्रममा राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यहरूलाई बोलाइएको छ।

कार्यक्रममा आठ दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन्।

आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनलाई लक्षित गरेर यसअघि नै अभिमुखीकरण कार्यक्रम तय गरिएको हो।

फागुन २४ गते संघ र प्रदेशका सबै सांसदहरुको बृहत् भेला गर्ने र भेलालाई आठ दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने निर्णय पनि भएको छ।

राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल साझा उमेदवार छन्। नेकपा एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई उठाएको छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ