आज युएईलाई हराउन सके नेपाली यु -१९ क्रिकेट टोलीले विश्वकप खेल्न पाउने

आज युएईलाई हराउन सके नेपाली यु -१९ क्रिकेट टोलीले विश्वकप खेल्न पाउने

  • बिहिबार, फाल्गुन १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

फागुण १८ काठमाण्डौँ । आइसिसी यू१९ क्रिकेट विश्वकप २०२४ मा स्थान बनाउन आज नेपालले निर्णायक खेल घरेलु टोली युएईविरूद्ध खेल्दैछ।

श्रीलंकामा हुने २०२४ को युवा विश्वकपका लागि एसिया छनोट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपालले युएईको सामना गर्नेछ। आज जित्ने टोलीले विश्वकप खेल्न पाउने छ । खेल पौने ११ बजे शुरु हुनेछ ।
६ टिमबीच प्रतिस्पर्धा भइरहेको प्रतियोगितामा आजै सबै टिमले आफ्नो अन्तिम खेल खेल्नेछन्। यस अघि नेपाल र युएईले आफ्ना सबै खेल जितेका छन् ।

यसअघि नेपाल र युएईले लगातार चार खेलमा जित निकालेर समान ८ ८ अंक जोडेका छन्। रनरेटमा भने नेपालभन्दा घरेलु टिम युएई अघि छ।

नेपालले सन् २०१६ देखि यू -१९ विश्वकपमा स्थान बनाउन सकेको छैन। सन् २०१८, २०२० र २०२२ गरी नेपालले तीन वटा यू-१९ विश्वकप गुमाइसकेको छ।

सन् २००० मा पहिलो पटक यू(१९ विश्वकप खेलेको नेपालले त्यसपछि २००२, २००४, २००६ र २००८ गरी लगातार पाँच विश्वकप खेलेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ