आईसीसी लिग टु क्रिकेटमा नेपालले आज युएईसँग खेल्दै

आईसीसी लिग टु क्रिकेटमा नेपालले आज युएईसँग खेल्दै

  • बिहिबार, फाल्गुन १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

फागुण १८ काठमाण्डौँ । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले आज घरेलु टोली यूएईसँग खेल्दैछ। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने खेल बिहान पौने ११ बजे सुरु हुनेछ।

युएईविरुद्धको खेलमा आज पनि जित निकाल्ने नेपाली टिमको अपेक्षा छ । यसका लागि प्रकृया पूरा गरेर सन्दीप लामिछानेलाई समेत युएई पठाईएको छ । संभवत उनले पनि आज खेल्नेछन् ।

लिग २ को पछिल्ला ५ खेलमा अपराजित रहेको नेपाली टोलीले आज युएईलाई पराजित गरे अंक तालिकाको पाँचौ शीर्ष स्थानमा उक्लनेछ । २९ खेलमा १३ खेल जितेको नेपाल २८ अंक सहित छैटौ स्थानमा रहेको छ ।

नेपालले यसअघि घरेलु मैदानमा भएको स्कटल्यान्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक सिरिज क्लीन स्वीप गरेको थियो।

पछिल्लो समय खराब ब्याटिङबाट गुज्रिरहेको नेपालका ब्याटरहरुले एकपछि अर्को सम्झन लायक प्रर्दशन गरिरहेका छन्। मुख्य प्रशिक्षक मोन्टी देशाईले टोली सम्हालेपछि नेपालको ब्याटिङ समस्या सुधारिएको देखिएको छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ