एमालेमा आउन गौतमलाई ओलीको आग्रह, गौतमको जवाफ ७० वर्षे प्रावधान हटाउनुस् !

एमालेमा आउन गौतमलाई ओलीको आग्रह, गौतमको जवाफ ७० वर्षे प्रावधान हटाउनुस् !

  • बुधबार, फाल्गुन १७, २०७९
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

फागुण १७ काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता वामदेव गौतमलाई एमालेमा आउन आग्रह गरेका छन्।

राष्ट्रपति निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मत माग्न बुधबार दिउँसो गौतम निवास भैंसेपाटी पुगेका ओलीले राष्ट्रपतिमा नेम्वाङलाई मत मागेर त्यसपछि एमालेमा फर्कन सुझाएका थिए ।

जवाफमा गौतमले एमालेमा राखिएको ७० वर्षे प्रावधान अवरोध रहेकाले त्यसलाई हटाउन माग गरेका थिए । एमालेको विधान अनुसार ७० बर्ष उमेर पुगेका कुनैपनि नेतालाई कार्यकारी पदमा रहन वा पार्टीको चुनाव लड्न निषेध गरिएको छ ।

गौतम ७० वर्षमाथिका भएकाले उनले पार्टीको नेतृत्व नपाउने भएकाले यस्तो प्रावधान हटाउन माग गरेको बुझिएको छ ।

तत्कालीन नेकपा विभाजनपछि गौतम एकता राष्ट्रिय अभियान नामक पार्टी गठन गरेर छुट्टै गतिविधि सञ्चालन गर्दै आएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी