काँग्रेसद्धारा प्रदेश १ को नाम कोशी राख्न गरिएको प्रस्तावको समर्थक बसेकामा फिर्ता गर्यो

काँग्रेसद्धारा प्रदेश १ को नाम कोशी राख्न गरिएको प्रस्तावको समर्थक बसेकामा फिर्ता गर्यो

  • बुधबार, फाल्गुन १७, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

विराटनगर फागुण १७ । प्रदेश १ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले (कोशी प्रदेश) नामकरणका लागि दिएको समर्थन फिर्ता लिएको छ ।

उक्त प्रस्तावमा समर्थक बसेका कांग्रेसका प्रदेश सांसद भूमिप्रसाद राजवंशीले समर्थन फिर्ताका लागि प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका छन् ।

कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले कोशी प्रदेश नामकरण प्रस्तावमा एमाले प्रस्तावक र कांग्रेस र माओवादी केन्द्र समर्थक बस्ने सहमति भएको बताए । तर प्रस्ताव दर्ता गराउने बेलामा माओवादी पूर्वसहमति अनुसार समर्थक नबसेकाले कांग्रेस पनि समर्थन फिर्ता लिएको उनको भनाइ छ ।

कोशी प्रदेश नामाकरणका लागि दर्ता गरिएको प्रस्तावमा एमालेका प्रदेश सांसद रामबहादुर मगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी, एमालेका निरन राई र बिदुरकुमार लिङ्थेप समर्थक रहेका छन् ।

माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशको नामकरण गर्नैपर्ने अवस्था भएकाले कोशी प्रदेशमा नै मतदान गर्ने निर्णय भएको बताए ।

प्रतिपक्षी नेकपा ९एकीकृत समाजवादी० र सत्तारूढ दल जनता समाजवादी पार्टीले संयुक्त रूपमा (किरात–लिम्बुवान–सगरमाथा प्रदेश) नामकरणका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् । यी दुई वटा प्रस्ताव सदनमा पेस हुने भएको हो ।

६ वटा प्रदेशले अघिल्लो कार्यालयमै नामकरण गरेपनि प्रदेश १ ले नाम राख्न नसकेकोमा आलोचना खेप्दै आएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ