क्रिकेटर सन्दीप लामिछाने आजै युएई जाने

क्रिकेटर सन्दीप लामिछाने आजै युएई जाने

  • बुधबार, फाल्गुन १७, २०७९
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

फागुण १७ काठमाण्डौँ । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई आजै यूएई पठाउने भएको छ ।

सर्वोच्च अदालतले सन्दीपलाई विदेश जान अनुमति दिएसँगै उनलाई विदेश पठाउनका लागि क्यानले मंगलबार देखि नै तयारी सुरु गरेको थियो।

सन्दीपलाई आज बुधबार राति नै विदेश पठाउने तयारीमा क्यान लागि परेको हो।

आईसीसीसँग खेलाडी परिवर्तनका लागि पत्रचार गरिसकेकाले अनुमति आउन साथ उनलाई टोलीमा समावेश गरिनेछ।

क्यानले यसअघि नै आइसीसी विश्वकप लिग २ का लागि अन्य खेलाडीसँगै सन्दीपको नाम दर्ता गराइसकेको थियो। क्यानले अहिले खेलाडी परिवर्तनका लागि प्रक्रिया गरिरहेको छ।

नेपाली राष्ट्रिय क्रिकेट टोली आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजका लागि युएई भ्रमणमा छ। नेपालले बिहिबार घरेलु टोली युएईसँग खेल्ने तालिका छ।

सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई ४ विकेटले पराजित गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ