फागुण १७ विराटनगर । पहिलो कार्यकालमा प्रदेशको नाम राख्न असफल भएको प्रदेश सभाले यस पटक भने कोशी नाम राखेर पारित गर्ने तयारी गरेको छ ।
आज बस्ने प्रदेश सभाको बैठकले प्रदेशको नाम कोशी पारित गर्ने तयारी भएको छ । प्रदेशको नाम कोशी राख्न एमाले र काँग्रेस सहमत भएका छन् ।
प्रदेशसभाको नामकरणका लागि प्रदेशसभामा कायम रहेका दुई तिहाई सांसदको समर्थन हुनुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रदेश नामकरणका लागि ६३ जना सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् ।
काँग्रेस र एमालेका सांसद नामको विषयमा एकै ठाँउमा रहेको बुझिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline