एमाजनद्वारा प्रकाशित जेनिशा मानन्धरको उपन्यास ‘लस्ट लेटर्स’ सार्वजनिक

एमाजनद्वारा प्रकाशित जेनिशा मानन्धरको उपन्यास ‘लस्ट लेटर्स’ सार्वजनिक

  • बुधबार, फाल्गुन १७, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं– अस्ट्रेलियामा बसोबास गर्दै आएकी नेपाली लेखिका जेनिशा मानन्धरद्वारा लिखित उपन्यास ‘लस्ट लेटर्स’ काठमाडौंमा सार्वजनिक गरिएको छ ।

काठमाडौंमा मंगलबार आयोजित एक समारोहमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, बुढानिलकण्ठ महानगरपालिकाकी उपप्रमुख अनिता लामा, साहित्यकार इन्दिरा प्रसाई, कवि उषा शेरचन, प्रदेश सभा सांसद यमुना श्रेष्ठलगायतले संयुक्त रुपमा उक्त पुस्तक विमोचन गरेका हुन् ।

नेप्लीज फेसन होमद्वारा आयोजित विमोचन समारोहमा एमाजनद्वारा प्रकाशित अंग्रेजी भाषाको उक्त उपन्यास विमोचन गरिएको हो ।

श्रेयस्कर डंगोलद्वारा कभर डिजाइन गरिएको उक्त उपन्यासलाई एमाजन अथवा अमेजनका उत्पादनहरू बेच्ने तेस्रो पक्षका विक्रेताहरूमार्फत अनलाइन रुपमा खरिद गर्न सकिने लेखिका मानन्धरले बताएकी छिन् ।

‘लस्ट लेटर्स’ मा समावेश गरिएको कथालाई विभिन्न कालखण्डहरुमा सेट गरिएको छ । एउटा अहिलेको आधुनिक संसारको हो भने अर्को त्यो समयको कथा हो, जब विदेशीहरूले काठमाडौंमा सान्त्वना पाएका थिए, जसलाई हिप्पी युग पनि भनिन्छ । लस्ट लेटर्स भाग्यले बाँधिएका तथा दूरीबाट प्रभावित भएका चार फरक व्यक्तिहरुको प्रेम कथा हो ।

यो उपन्यास तयार पार्ने सोचका बारेमा लेखिका जेनिशा मानन्धर भन्छिन्– ‘काठमाडौंको झोँछे सधैं एउटा त्यस्तो ठाउँको रुपमा रहेको छ, जहाँ म मेरा साथीहरूसँग लामो समय बिताएर आफ्ना भावना तथा विचारहरू उनीहरुसंग छलफल गर्न मन पराउँछु । हरेक पटक म त्यहाँ पुगेर साथीहरुलाई पर्खिएर बस्दा त्यहाँ वरपर भएका मानिसहरुलाई हेर्छु र उनीहरुकै कथाहरू बनाउँछु । मैले लेखेका धेरै कथाहरूको लागि यो शहर प्रेरणादायी भएको छ । कुनै बेला मैले ‘काठमाडौं नाउ एण्ड देन’ नामक प्रोजेक्टमा काम गरेकी थिएँ । त्यो बेला मैले यो शहरका केही पुराना तस्बिरहरू हेर्दै थिएँ । त्यहीँबाट यो उपन्यास लेख्ने पहिलो विचार फुरेको थियो । त्यसपछि त्यही विचारले कथा बन्दै उपन्यासको स्वरुप लिएको हो ।’

काठमाडौंमा जन्मिएर यतै हुर्किएकी उपन्यासकार जेनिशा मानन्धर सानै उमेरदेखि सिर्जनात्मक कार्यहरुमा रुची राख्थिन् । खासगरी जेनिशालाई काठमाडौंको उपत्यकाको संस्कृति तथा विविधताप्रति सधैं मोहित रहँदै आएकी छिन् । पत्रकारितामा स्नातक गरेकी मानन्धरले आफ्ना केही साहित्यिक सिर्जनाहरु नेपालका राष्ट्रिय दैनिक पत्रिकाहरुमा प्रकाशित गरिसकेकी छिन् ।

‘अन्तराष्ट्रिय अध्ययन’ विषयमा अस्ट्रेलियाबाट स्नातकोत्तर गरेकी मानन्धरले आफ्नो व्यस्त व्यावसायिक जीवनका चुनौतीहरुका बाबजुद पनि विभिन्न रचनात्मक कार्यहरुमा आफूलाई व्यस्त राख्दै आएकी छिन् । आफ्नो व्यस्तताकै बीचमा मानन्धरले जीवनका विभिन्न कालखण्डमा छरिएका चार व्यक्तिको कथालाई लस्ट लेटर्सको शीर्षक दिएकी छिन् ।

नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरको सभापतित्वमा आयोजित विमोचन समारोहमा लेखिका मानन्धरलाई शुभकामन दिँदै उपसभामुख रानाले नेपाली साहित्यकारको कृति अन्तर्राष्ट्रियस्तरमा प्रकाशित भएकोमा खुशी व्यक्त गर्दै यो पुस्तक नेपाली भाषामा समेत अध्ययन गर्न चाहेको धारण व्यक्त गरिन् । फरक प्रसंगमा उपसभामुख रानाले आफ्नो पाँच वर्षे कार्यकालमा निडर भएर आम जनताको आवाजलाई प्राथमिकता दिने बताइन् ।

लेखिका मानन्धरलाई वधाइ दिँदै काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले पछिल्लो पुस्ताले वास्तविक माया ममता गुमाउँदै गएको बताइन् । उपप्रमुख डंगोलले माया–ममता गुमाउँदै गएको अहिलेको पुस्ताका मानिसका लागि ‘लस्ट लेटर’ पुस्तक सुहाउँदो भएको टिप्पणी गरिन् । ‘यो पुस्तकमा सम्बन्ध, माया, प्रेमको बारेमा छ र यो कुरा हामीले पनि गुमाईरहेको अवस्था छ । अब यो कितावले फेरि जोड्ने छ भन्ने आशा लिएको छु, उपप्रमुख डंगोलको भनाइ छ– ‘माया,प्रेम,सम्बन्धको बारेमा रहेको पुस्तकले सबैको मर्मलाई समेटेको छ ।’

समारोहमा साहित्यकार इन्दिरा प्रसाईले लेखिका जेनिशा मानन्धरलाई अन्तर्राष्ट्रिय साहित्यकार बन्न सफल भएकोमा वधाइ दिँदै एमाजन जस्तो अन्तर्राष्ट्रिय संस्थाले नेपाली साहित्यकारको पुस्तक छाप्नु ठूलो उपलब्धि भएको बताइन् । ‘राजनीतिले थिलथिलो बनाएको देशलाई नेपालको कला, साहित्यले अन्तर्राष्ट्रियस्तरमा पुर्याउन सफल भएकोमा गर्व सक्ने भएका छौं, साहित्यकार प्रसाईले भनिन्– ‘लेखिका मानन्धरलाई नेपाली भाषामा पनि लस्ट लेटर्स प्रकाशित गर्न सुझाव दिन्छु । हामीलाई नेपाली भाषामा पढ्न मज्जा आउँछ ।’

लेखिका मानन्धर विमोचन समारोहकी सभापति तथा नेप्लीज फेसन होमकी छोरीसमेत हुन् । ‘मैले मेरी छोरी भएर भनेकी होइन, तर उनले विदेशी भूमिमा बसेर जे गरेकी छिन्, त्यसले हामी सबैलाई गौरवान्ति बनाएकी छिन्, मानन्धरले भनिन्– ‘कोभिड १९ को बेला सारा संसार एक्ला–एक्लै बाँच्न संघर्ष गरिरहेको बेला जेनिशाले लस्ट लेटर्स लेख्ने हिम्मत गरेर आज इतिहास रच्न सफल भएकी छिन् जस्तो लागेको छ । एउटी नेपालीले चाह्यो भने जे पनि गर्न सक्छ भन्ने कुरा जेनिशाले प्रमाणित गरेर देखाएकी छिन् ।’

समारोहमा बुढानिलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामा, प्रदेश सभा सांसद यमुना श्रेष्ठ, कवि उषा शेरचन लगाएका वक्ताले लेखिका मानन्धरलाई वधाइ दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी