वैरागी र पराजुलीलाई ‘वानीरा पुरस्कार’

वैरागी र पराजुलीलाई ‘वानीरा पुरस्कार’

  • बुधबार, फाल्गुन १७, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौं, फागुन १६ । नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि सात दशकदेखि काव्यसाधनामा निरन्तर समर्पित रहँदै विशेष गरेर तेस्रो आयामको प्रवर्तनका साथै नेपाली कविताको संवर्द्धनमा अति विशिष्ट योगदानका निम्ति सुप्रसिद्ध साहित्यकार वैरागी काइँलालाई ‘वानीरा प्रज्ञापुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीका सम्मानमा स्थापित ‘वानीरा प्रज्ञापुरस्कार’को राशि एक लाख रुपियाँ रहेको छ ।

नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि पाँच दशकअघिदेखि काव्य साधनामा निरन्तर समर्पित रहँदै विशेष गरेर उत्तर आधुनिक तथा उत्तरआधुनिक प्रयोगवादी धारको कविता लेखनको प्रवर्तनका साथै नेपाली कविताको संवर्द्धनमा विशिष्ट योगदानका निम्ति सुप्रसिद्ध साहित्यकार श्री गोपाल पराजुलीलाई पचास हजार रुपियाँ राशि सहित ‘वानीरा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

डा।वानीरा गिरीको ८० औँ जयन्तीका अवसरमा आगामी वैशाख १० गते काठमाडौंमा यी पुरस्कार समर्पण हुनेछन् ।

वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई.शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको वानीरा फाउन्डेसनको बैठकले उक्त निर्णय गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी