सिंहदरबारभित्रको केन्द्रीय क्यान्टिनमा भेटियो अखाद्य वस्तु

सिंहदरबारभित्रको केन्द्रीय क्यान्टिनमा भेटियो अखाद्य वस्तु

  • सोमवार, फाल्गुन १५, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

फागुन १५, काठमाडौँ । सिंहदरबार परिसर भित्रको केन्द्रीय क्यान्टिनमा म्याद गुज्रिएका अखाद्य खानेकुरा तथा मसला भेटिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार आकस्मिक रुपमा अनुगमन गर्दा उक्त कुरा खान अयोग्य वस्तु फेला परेको हो ।

विभागको बजार निरीक्षण अधिकृतको टोलीले गरेको अनुगमनको क्रममा उक्त क्यान्टिनमा खानयोग्य अवधि सकिएका तथा लेबलै नभएका मसला, दुग्धजन्य पदार्थ, दुर्गन्धित मासु र तरकारी समेत फेला परेको विभागका प्रवक्ता होमनाथ भट्टराईले जानकारी दिए ।

अनुगमनमा गएको टोलीले त्यस्ता सबै वस्तुहरू तत्काल नष्ट गरेको जनाएको छ । साथै उक्त क्यान्टिन सञ्चालन गर्ने कञ्चन चमेना गृहु र यसका सञ्चालक उत्तम भट्टलाई उपभोक्ता हित विपरीतको कसुर गरेको हुँदा तत्काल ३ लाख रुपैयाँ जरिवाना समेत गरिएको विभागले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ