काठमाडौँ, १३ फागुन । जनता समाजवादी पार्टीकी सांसद शहनाज रहमानको हृदयघातका कारण मृत्यु भएको छ ।
शनिबार भक्तपुरको घ्याम्पेडाँडामा पिकनिक गएका बेला उनी एक्कासि ढलेकी थिईन् । सांसद रहमानको मध्यपुर अस्पतालमा उपचारका क्रममा निधन भएको जसपाका प्रवक्ता मनीष सुमनले जानकारी दिए । पिकनिकमा एक्कासि ढलेपछि तत्काल अस्पताल पुर्याइए पनि उनलाई अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन् ।
समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रहमान ६३ वर्षकी थिइन् । झापाकी स्थायी बासिन्दा रहेकी रहमान मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै सांसद बनेकी थिइन् । रहमान जसपाकी केन्द्रीय सदस्यसमेत थिइन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline