तेह्रथुममा भिषण आगलागी, ७ घर जेलेर नष्ट

तेह्रथुममा भिषण आगलागी, ७ घर जेलेर नष्ट

  • शुक्रबार, फाल्गुन १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

तेह्रथुम, १२ फागुन । तेह्रथुमको आठराई गाउँपालिका ६ चुहानडाँडाको हातिखर्कमा आगलागी बाट ७ घर जेलेर नष्ट भएका छन् ।

आगलागीमा परि धेरै क्षती भएको प्रहरीले जनाएको छ । सो क्षेत्रमा अहिले पनि भिषण आगलागी भैरहेको छ ।

आगलागीबाट हाल सम्म ७ वटा घर जलेर नष्ट भएको आगो नियन्त्रणमा खटीएका चुहानडाँडा प्रहरी चौकीका प्रमुख असई बिष्णु प्रसाद पिठाकोटेले जानकारी दिनुभयो ।

शुक्रबार दिउँसो जंगलबाट सल्कीएको आगो गाउँको विचमा रहेको माझीटार सामुदायिक वनमा सल्कीएको थियो । सो आगो हात्तिखर्क गाउँको वस्तीमा पसेर आगलागी भएको प्रहरीले जनँएको छ ।

आगो निभाउन प्रहरी र स्थानीय बासिन्दा खटीएका छन् । सुख्खा मौसम भएकाले आगो निभाउन समस्या भएको वडा अध्यक्ष कृष्ण बास्कोटाले बताउनुभयो । पानी समेत नभएकाले स्याउलाको मद्धतले आगो निभाउने कार्य भैरहेको स्थानीय बासिन्दाले बताएका छन् ।आगलागीको कारण खुल्न सकेको छैन ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ