श्रद्धालुले लुम्बिनीमा भेटी तथा दानस्वरूप चढाएका नोट सटही प्रक्रियामा

श्रद्धालुले लुम्बिनीमा भेटी तथा दानस्वरूप चढाएका नोट सटही प्रक्रियामा

  • शुक्रबार, फाल्गुन १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

फागुन १२, भैरहवा । लुम्बिनी जाने श्रद्धालुले भेटी तथा दानस्वरूप चढाएकाको विदेशी मुद्राको सटही प्रक्रिया अघि बढेको छ । नेपाल राष्ट्र बैंकको परिवर्त्य मूल्यको सूचीमा नपरेका मुलुकका श्रद्धालुले दानस्वरूप चढाएका नोट लामो समयदेखि सटही नभएकोले अहिले प्रकृया अघि बढाएको हो ।

सटही हुन नसकेका मुद्रामा म्यानमारको ११ करोडभन्दा धेरै क्याट छ । यस्तै भियतनामको ८ करोड ९९ लाख दोङ, इन्डोनेसियाको ३ करोड रुपिह, कम्बोडियाको ६२ लाखभन्दा धेरै रिइल, लाओसको ३१ लाखभन्दा धेरै लाओसियन किप र श्रीलंकाको २२ लाखभन्दा बढी रुपियाँ छ ।

भुटान, मंगोलिया, बंगलादेश, पाकिस्तान, मेक्सिको, ओमन, अर्जेन्टिना, फिलिपिन्स, मकाउ, पेरु, अफगानिस्तान, इरान, न्युजिल्यान्ड, ब्राजिल, रसिया, युक्रेन, टर्की, पोल्यान्ड, ब्रुनाइ, इजिप्ट, स्विडेन, मौरिसस, चिली, लेवनान, जोर्डन, ताइवानलगायत ३९ राष्ट्रका नोट सटही हुन सकेका छैनन् । यी नोट २०७२ सालयताको भएको र यी राष्ट्रका मुद्रा अमेरिकी डलरसँग परिवर्त्य गर्दा १ करोड १७ लाखभन्दा धेरै नेपाली रुपैयाँ हुन आउँछ ।

नेपाल राष्ट्र बैंक लुम्बिनी प्रादेशिक कार्यालय भैरहवाका उपनिर्देशक जीवनप्रकाश पाण्डेले लुम्बिनीमा रहेका ती मुद्रा सटहीका लागि प्रक्रिया अघि बढाइएको बताए । त्यसपछि सटहीका लागि नेपाल राष्ट्र बैंकको सिंगापुरस्थित एजेन्सी बैंकमा पठाइनेछ । प्रक्रिया सकिन तीनदेखि चार महिना लाग्न सक्छ । च्यातिएको, केरमेट गरिएको, अबिर वा रङ लत्पतिएको नोट भने साटिने छैन ।

उपयोगमा नहुँदा केही नोट गलेर धुजाधुजा भइसकेका छन् । ती नोटको सटही गर्न कोषले यसअघि नेपाल राष्ट्र बैंकसमक्ष पत्राचार गरेको भए पनि ठोस निर्णय हुन सकेको थिएन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ