हामी यस्तै जितलाई आगामी दिनमा पनि निरन्तरता दिन चाहन्छौँः कप्तान रोहित

हामी यस्तै जितलाई आगामी दिनमा पनि निरन्तरता दिन चाहन्छौँः कप्तान रोहित

  • मङ्लबार, फाल्गुन ९, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

फागुण ९ काठमाडौं । नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले घरेलु मैदानमा गरेको अभ्यासले सफलता मिलेको प्रतिक्रिया दिएका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न श्रृंखलाको अन्तिम खेलमा नेपालले च्याम्पियन स्कटल्याण्डमाथि २ विकेटमा रोमाञ्चक जितपछि कप्तान पौडेलले अभ्यस्त पिचबाट नेपाली टोलीले सफलता निकालेको बताए ।

स्कटल्याण्ड, नामिबिया र नेपाल सम्मिलित त्रिकोणात्मक श्रृंखला स्विप गरेपछिको पत्रकार सम्मेलनमा कप्तान रोहितले अभ्यस्त मैदानमा सफलता मिलेको बताए । उनले यूएईमा हुन लागेको अर्को श्रृंखलामा पनि यसै लयलाई निरन्तरता दिने लक्ष्य लिएको बताए । यस्तै दुबईमा हुने श्रृंखलाका लागि खेलाडीको विषयलमा छलफल भइरहेको पनि जानकारी दिए ।

यसैबीच नयाँ प्रशिक्षक नियुक्त भएसँगै नेपाली टोलीले ब्याटिङमा सुधार सुधारको संकेत दिएको छ । यसै श्रृंखलाबाट नेपाली खेलाडीको व्यक्तिगत तथ्याङ्कमा पनि उल्लेख्य सुधार आएको छ । यससँगै नेपालले सर्वाधिक रनको लक्ष्यलाई पनि पछ्याउँदै कीर्तिमान रच्न पनि सफल भएको छ ।
श्रृंखलाको अन्तिम खेलमा सफलता निकालेपछि पत्रकार सम्मेलनमा प्रशिक्षक मोन्टी देशाईले खेलाडीलाई दिएको जिम्मेवारी सही तरिकाले प्रयोग गर्दा सफलता मिलेको बताए । घरेलु दर्शकको उल्लासपूर्ण साथले खेलाडीले घरेलु मैदानमा पसिना बगाएर यादगार श्रृंखला बनाउँदा आफू पनि खुसी भएको देशाईले प्रतिक्रिया दिए ।

प्रशिक्षकको रुपमा नियुक्त भएपछि देशाईले आफूले खेलाडीमा सम्भावना देखेको र उनीहरुको खुबीलाई निखार्ने प्रयासमा मिलेको सफलतामा आफू खुसी भएको बताएका थिए । नेपाली खेलाडी पनि प्रतिष्पर्धात्मक खेल खेल्न सक्छन् भन्ने विश्वास दिएको पनि प्रशिक्षक देशाईको भनाइ थियो ।

मंगलबार सम्पन्न श्रृंखलाको अन्तिम खेलमा कप्तान पौडेल र करण केसीले ७५ रनको साझेदारी गरेपछि नेपालले विश्वकप क्रिकेट लिग–२ को च्याम्पियन स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित निकालेको हो । अब लिग–२ श्रृंखला अन्तर्गत खेलका लागि नेपाल यूएई भ्रमण गर्ने तालिका छ । भ्रमणमा नेपालले युएई र पपुवा न्युगिनीसँग श्रृंखला खेल्नेछ । लिग–२ मा नेपाल २८ खेलबाट १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ । बाँकी रहेको ८ खेलमा कम्तीमा ६ खेल जितेमा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ