फागुण ९ काठमाण्डौँ । रोहित पौडेलले धैर्यतापूर्ण रुपमा क्रिजमा टिकेर ९५ रन जोडेपछि नेपालले स्कटल्याण्डमाथि दोस्रो जित निकालेको छ । कीर्तिपुर मैदानमा टस जितेर फिल्डिङ गरेको नेपालले उत्कृष्ट बलिङ गर्दै स्कटल्याण्डलाई २१२ रनमा अलआउट गरेको थियो । त्यसपछि २१३ रनको लक्ष्य पछ्याएको नेपालको पनि शुरुवात देखि नै विकेट झर्न थालेपछि संकट बढेको थियो । तर रोहित पौडेलले टिकेर नेपाललाई जित तर्फ डोर्याए । उनले १०१ बलमा ४ छक्का र सात चौका सहित ९५ रन बटुलेपछि नेपाल ३५ बल बाँकी छँदै २ विकेटले जीत हात पार्न सफल भयो । उनलाई करण केसीले साथ दिए । उनले पनि अविजित ३१ रन बटुले ।
आज ओपनर १ रनमै आउट हुँदा ज्ञानेन्द्र मल्लले २१ रन जोडे भने आशिफ शेख १२ रनमा पेभिलियन फर्किए । कुसल मल्लले १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
बलिङमा स्कटल्यान्डका मार्क वाटले ३ विकेट लिए। उनले १० ओभरमा १ मेडन राख्दा २९ रन खर्चिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४६।१ ओभरमा २१२ रनमा अलआउट भयो।
स्कटल्यान्डका लागि ओपनिङ ब्याट्सम्यान जर्ज मन्जीले ६० रन जोडे।
यो सँगै नेपालले यो सिरिज क्लिन स्वीप गरेको छ । २८ खेलमा नेपालले १२ जित सहित छैटौ स्थानमा यथावत छ । अब पाँच वटा खेल जिते नेपालको एक दिवसीय मान्यता कायम रहने छ । नेपालले अब ९ खेल खेल्न बाँकी रहेको छ ।