भारतीय प्रोफेसरले दिए सुझावः अबको राष्ट्रपतिमा अनुराधा कोईराला सहित लिए चार जनाको नाम !

भारतीय प्रोफेसरले दिए सुझावः अबको राष्ट्रपतिमा अनुराधा कोईराला सहित लिए चार जनाको नाम !

  • सोमवार, फाल्गुन ८, २०७९
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

फागुण ८ काठमाण्डौँ । नेपालमा कसलाई राष्ट्रपति बनाउने भन्ने बहस चलिरहेका बेला भारतीय प्रोफेसर एसडी मुनिले नेपालबाट संभावित राष्ट्रपतिमा चार जनाको नाम अघि सारेका छन् ।

भारतीय नागरिकता रहेको भनेर विवादमा परेकी अनुराधा कोईराला, नागरिक अगुवा देवेन्द्रराज पाण्डे, पूर्व सभामुख दमननाथ ढुंगाना र प्राध्यापक लोकराज बरालको नाम मुनिले सुझाएका हुन् ।

केही दिन अघि मात्रै भारतीय विदेश सचिव विनयमोहन क्वात्रा काठमाण्डौँ आएर राजनीतिक भेटवार्ता गरी राष्ट्रपतिका बारेमा चासो दिएर फर्किएका थिए ।

भारतले प्रचण्ड सरकार बनाउन नचाहेका बेला बनेको भन्दै भारतीय खुफियातन्त्र असन्तुष्ट रहेको बताईने गरेको छ ।

भारतीय पक्षबाट यसरी नामै तोकेर संभावित राष्ट्रपतिको नाम अघि आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ