फागुण ६ काठमाण्डौँ । ग्यास विष्फोटमा घाईते भएका काँग्रेस सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार आएको छ । उनको मुम्बईमा उपचार जारी छ । हिजो उनको दुई वटा शल्यक्रिया गरिएको थियो ।
गएको बुधबार राति काठमाडौंको बुद्धनगरमा रहेको निवासमा ग्यास सिलिन्डर लिक भएर आगो लाग्दा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । उपचारका क्रममा आमा हरिकलाको निधन भएको थियो ।
नेता भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि बिहीबार नै श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो ।
नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी २५ ३० प्रतिशत जलन भएको थियो ।
सँगै घाईते भएका भण्डारीकी आमा हरिकलाको निधन भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline