काठमाडौँ फागुण ५ । ग्यास लिक भएर विष्फोट हुँदा घाईते भएका काँग्रेस सांसद चन्द्र भण्डारीको आज मुम्बईमा शल्यक्रिया हुने भएको छ । भण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार जारी छ ।
सांसद भण्डारीको अवस्था स्थिर रहेको र आईसियुमा राखेर उपचार जारी रहेको काँग्रेस नेताहरुले जानकारी दिएका छन् ।
भण्डारीको उपचारमा खटिएका डाक्टरहरूका अनुसार उनको हृदयको चाल पनि सामान्य रहेको र एन्टिबायोटिक्स निरन्तर दिइरहेको उनले बताए । आज उनको दुई वटा शल्यक्रिया गरिनेछ ।
सांसद भण्डारीलाई बिहीबार दिउँसो श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको थियो ।
काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए । आमा हरिकलाको भने हिजो नै निधन भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline