नुवाकोटमा बस दुर्घटनामा परी ३ जनाको मृत्यु

नुवाकोटमा बस दुर्घटनामा परी ३ जनाको मृत्यु

  • बिहिबार, फाल्गुन ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

फागुण ४ काठमाण्डौ । नुवाकोटमा एउटा यात्रुबस दुर्घटना हुँदा कम्तीमा पनि तीन जनाको मृत्यु भएको छ।

आज अपराह्न ४ बजे बिदुर नगरपालिका वडा नम्बर १२ स्थित चैनपुरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी खगेन्द्र खड्काका अनुसार बट्टारबाट दाम्चेतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस दुर्घटनामा परेको हो।

दुर्घटनापछि बस चालक भागेका छन्। ज्यान गुमाउने दुई पुरुषमा विदुर नगरपालिका ३ निवासी ६३ वर्षीय बाबुराम दर्जी, त्यहीँका ७८ वर्षीय रामप्रसाद अर्याल रहेका छन्। दुर्घटनामा ज्यान गुमाएकी महिलाको पहिचान भइसकेको छैन।

यो बसमा सवार अन्य २० यात्रु घाइते भएका छन्। घाइतेहरूको जिल्ला अस्पताल नुवाकोटमा उपचार भइरहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ