फागुण ४ पोखरा । पर्यटन मन्त्री सुदन किँरातीले माघ १ गते यति एयरको जहाज पोखरामा दुर्घटनामा परेपछि सो कम्पनीको जहाज चढ्न यात्रुहरु डराउने गरेको मनोविज्ञान बुझेकाले आफू यतिकै जहाज चढेर पोखरा आएको बताएका छन् ।
यती एयरलाइन्सको जहाज दुर्घटना भएपछि सो कम्पनीको जहाज चढ्न डराउने मनोविज्ञान भइरहेकाले त्यसलाई तोड्न आफू यतीकै जहाज चढेर पोखरा आएको मन्त्री किराँतीले उल्लेख गरे ।
दुर्घटना एक पटक भयो भनेर सँधै त्यस्तो हुन्छ भनेर सोंच्नु हुँदैन। उनले भने ।
प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशले विहीबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा किराँतीले पोखरालाई अन्तर्राष्ट्रिय सहरसम्म हवाई सञ्जालमार्फत जोड्नका लागि विभिन्न देशहरुसँग कुरा भईरहेको बताए ।
‘चीन र भारतका नेपालका लागि राजदुतसँग मैले कुरा गरेको छु। पोखराको भगिनी सम्बन्ध रहेका नगर सहित चीनको, राजधानी बेईजिङ, तिब्बतका सहरहरुसँग हवाई सम्बन्ध जोड्ने प्रयास भइरहेको छ। त्यस्तै, भारतका विभिन्न सहरसँगपनि हवाई सम्बन्ध जोड्न कुटनीतिक पहल भइरहेको छ।’ तर यहि मितिबाट अन्तर्राष्ट्रिय उडान हुन्छ भनेर पात्रो हेरेर मिति भने भन्न नसक्ने उनको भनाई छ।
उनले हवाई सेवामा सुरक्षाको ग्यारेण्टी हुने वातावरण निर्माणका लागि पनि निर्देशन दिइसकेको बताए। मैले सुन्छु पाईलटले पार्टपुर्जा फेर्नुप¥यो भन्दापनि एकदुई फ्लाईटपछि मात्रै फेरौंला भनेर टार्ने गरेको सुनेको छु,’ उनले भने, ‘तर अब त्यस्तो हुँदैन, हुन दिईंदैन। तोकिएकै मितिमा पार्टपुर्जा फेरिनुपर्छ।’ उनले काम र परिणाम जनताले देख्ने र बुझ्ने गरि ल्याउन निर्देशन दिएको बताए।