काठमाडौं फागुण ४ । ग्यास सिलण्डरबाट घाइते भएकी नेपाली कांग्रेस सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ।
गए राती ग्यास सिलिण्डर विष्फोटबाट घाइते भएकी भण्डारीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
अस्पताल स्रोतले आमा भण्डारीको निधन भएको पुष्टी गरेको छ ।
कांग्रेस नेता भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ। थप उपचारका लागि उनीहरूलाई भारत लैजान अस्पतालले सिफारिस गरेको थियो। भण्डारीलाई भारतको मुम्बई लैजाने तयारी भएको छ ।
काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार बेलुकी खाना पकाउने क्रममा ग्यास सिलिण्डर विष्फोट हुँदा आमा छोरा जलेर घाइते भएका थिए।
भण्डारीको स्वास्थ्य अवस्था बुझ्न काँग्रेस सभापति शेर बहादुर देउवा र अन्य नेताहरु , सभामुख देवराज घिमिरे सहित अस्पताल पुगेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline