काँग्रेस सांसद भण्डारी र उनकी आमा ग्यास विष्फोटमा परी घाईते , कीर्तिपुरमा उपचार हुँदै

काँग्रेस सांसद भण्डारी र उनकी आमा ग्यास विष्फोटमा परी घाईते , कीर्तिपुरमा उपचार हुँदै

  • बिहिबार, फाल्गुन ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

फागुण ४ काठमाण्डौँ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको काठमाडौं बुद्धनगरस्थित घरमा ग्याँस विष्फोट भएको छ ।

बुधबार राति खाना पकाइरहेका बेला गुल्मी निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद भण्डारीको घरमा सिलिन्डर विस्फोट हुँदा उनी र आमा जलेर घाइते भएका छन्।

भण्डारी र उनकी आमा दुवैजनालाई तत्कालै उपचारका लागि एम्बुलेन्सबाट कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको उनको सचिवालयले जनाएको छ।

अस्पतालका डाक्टरहरुका अनुसार डा. भण्डारीको शरीरको करिब २५ प्रतिशत र आमाको शरीरको करिब ७० भागमा जलेर असर गरेको छ।

घटनापछि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताहरू कीर्तिपुर अस्पताल पुगेका छन्।

डा. भण्डारीले बुधबारको संसद बैठकमा करिब १२ मिनेट लामो सम्बोधन गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ