काठमाडौँ फागुण ३ । सोमबार यातायात मुजदुर संघ तथा संगठनले गोंगबु क्षेत्रमा ट्राफिक कारबाहीको विषयलगायत विभिन्न १० बुँदे माग राखी गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीको गाडी, प्रहरी बिट तथा ट्राफिक आइल्यान्ड तोडफोड तथा आगजनी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।
उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
गोंगबुमा सोमबार भएको घटनामा प्रहरीको दुईवटा गाडी पूर्ण रूपमा जलेर नष्ट हुनुका साथै दुईवटा मोबाइल पसलबाट करोडौंको सामान लुटपाटसमेत भएको थियो ।
घटनामा दोषीहरुमाथि कार्बाही गर्न आज प्रधानमन्त्रीले निर्देशन दिएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline