फागुण ३ काठमाण्डौँ । नेपाली कांग्रेसकी सांसद सुशीला थिङले रवि लामिछानेलाई नेपाली नागरिकता लिनु अघि नै गृहमन्त्री बनाएर नेपालको शिर निहुर्याउने काम गरिएको टिप्पणी गरेकी छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद थिङले इतिहासमा नभएको भूल लामिछानेलाई गृहमन्त्री बनाउनु भएको उल्लेख गरिन् ।
लामिछानेको नागरिकतामाथि प्रश्न उठेको बेला उनी गृहमन्त्री बनेका थिए । माघ १३ गते सर्वोच्च अदालतले नागरिकता पुनर्प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै लामिछानेलाई सांसद बन्न अयोग्य हुने फैसला गरेको थियो । उक्त फैसलासँगै लामिछानेको उपप्रधानमन्त्री र गृहमन्त्रीको पदबाट मुक्त भएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline