लोत्से मलमा लुटपाट गर्ने दोषीमाथि कार्बाही गर्न काँग्रेसको माग

लोत्से मलमा लुटपाट गर्ने दोषीमाथि कार्बाही गर्न काँग्रेसको माग

  • बुधबार, फाल्गुन ३, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

फागुण ३ काठमाण्डौँ । नेपाली कांग्रेसका सांसद प्रकाशशरण महतले नयाँ बसपार्कस्थित ल्होत्से मलमा सोमबार भएको लुटपाटमा संलग्नमाथि तत्काल कारबाही गर्न माग गरेका छन्।

आज संसदको बैठकमा बोल्दै काँग्रेस सांसद प्रकाशशरण महतले अविलम्ब कार्बाही हुनु पर्ने बताए ।

यातायात मजदुरहरूको आन्दोलनका क्रममा ल्होत्से मलभित्र पसेर केही व्यक्तिहरूले मोबाईल पसलमा लृुटपाट गरिएको थियो ।

‘लुटपाटका फुटेज बाहिर आएका छन् तर अहिलेसम्म कुनै कारबाही अघि बढ्दैन,’ उनले भने, ‘काठमाडौंको मुटुमै शान्ति सुरक्षाको प्रत्याभूति सरकारले दिन सक्दैन भनेदेखि दुरदराजमा बस्ने नागरिकको हालत के हुन सक्दछ ? सरकार गम्भीर हुनुपर्छ र दोषीलाई तत्काल कारबाही गर्नुपर्छ।’

उनले यातायात मजदुर तथा व्यवसायीहरूले उठाएका माग सम्बोधन गर्न पनि सरकारसँग माग गरेका छन् ।

मोबाईल व्यापारीहरुले १० करोड भन्दा बढी मुल्यको मोबाईलहरु लुटिएको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ